गुराँस गाउँपालिका अध्यक्ष, उपाध्यक्षमा एमाले विजयी

दैलेख : गुराँस गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा एमाले विजयी भएको छ। नेपाली कांग्रेसका निवर्तमान अध्यक्ष खेमराज ओली र उपाध्यक्ष दीपा बिसीलाई पराजित गर्दै एमालेका उम्मेदवार विजयी भएका हुन्।

 एमालेको तर्फबाट गुराँस गाउँपालिकाको अध्यक्षमा टोप बिसीले ४६८१ मत प्राप्त गर्दै विजयी भएका हुन्। कांग्रेसका खेमराज ओलीले ४३६६ मत ल्याउँदै पराजित भएका निर्वाचन अधिकृतको कार्यालय गुराँसले जनाएको छ।

गुराँस गाउँपालिकाको अध्यक्षका लागि माओवादी केन्द्रका उम्मेदवारले १४२ मत प्राप्त गरेका जनाइएको छ। गाउँपालिका उपाध्यक्षमा एमालेका शिवा कुमारी खड्काले ४६९८ मत प्राप्त गर्दै विजयी भएकी हुन्। कांग्रेसका उम्मेदवार दीपा बिसीले ४११८ मत ल्याउँदै पराजित भएकी हुन्।

यस्तै, ८ वडा रहेको गुराँस गाउँपालिकामा ६ वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। अन्य २ वडामा नेपाली कांग्रेसका उम्मेदवारले जित हात पारेको जनाइएको छ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५