सुर्खेत: जिल्ला प्रशासन कार्यालय सुर्खेतले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । सुर्खेतको विरेन्द्रनगरमा हिजोदेखि लगाइएको कर्फ्यू हटाएर प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो ।
अमेरिकी सहायता परियोजना एमसीसी संसदबाट पारित भएसँगै सुर्खेतमा सोमबारदेखि आन्दोलन चर्किएको थियो । उक्त आन्दोलनका क्रममा तोडफोड हुन थालेपछि प्रशासनले सोमबार राति सवा ८ बजेदेखि कर्फ्यू लगाएको थियो ।
आज साँझ ७ बजेसम्म लगाइएको उक्त कर्फ्यू हटाएर प्रशासनले निषेधाज्ञा जारी गरेको हो । वीरेन्द्रनगर नगरपालिकाको बजार क्षेत्रस्थित एरी चोक, मंगलगढी चोक, हटियालाइन/हटिया चोकभित्र सभा, जुलुलस, समारोह गर्ने उद्देश्यले पाँच जनाभन्दा बढी समूहमा उपस्थिति नगर्न नगराउन निषेधित क्षेत्र घोषणा गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिएका छन् ।
रिजालका अनुसार कर्फ्यूको आदेश जारी राख्दा सामान्य नागरिकको जीवनमा पर्न सक्ने प्रभावलाई मध्यनजर गरी कर्फ्यू हटाइएको हो ।





खुल्ला प्रेस । १७ फाल्गुन २०७८, मंगलवार २०:३४