पञ्चदेवल पुर्व विद्यार्थी समाज नेपाल द्धारा संस्था सार्वजनिक 

दैलेख ः जिल्लाको भैरवि गाउँपालिका–२ मा रहेको पञ्चदेवल माध्यामिक विद्यालयमा पञ्चदेवल पुर्व विद्यार्थी समाज नेपाल गठन पश्चात विाहीबार एक औपचारिक कार्यक्रमका विच संस्था सार्वजनिक गरिएको छ ।
वि.सं.२०१३ सालमा स्थापना भएको सो विद्यालयमा स्थापना कालदेखी हाल सम्म अध्ययन गरेर विभिन्न स्थान र ओहदामा पुगेका पुर्व विद्यार्थीहरुले वैधानिक रुपमा उक्त संस्था गठन गर्देै समाज रुपान्तरणको लागी हात्तेमालो गर्ने लक्ष्यका साथ संस्था सार्वजनिक गरेका हुन ।
शैक्षिक जगतमा भैरवि गाउपालिकाको साविक रावतकोट गाविस जिल्लाकै अग्रपंतिमा रहेकोमा स्वदेश र विदेशमा रहेका सबै पञ्चदेवल माविका पुर्व विद्यार्थीहरुले विधान तयार गरेर संस्था स्थापना गरेको बताउदै आगामी दिनमा पञ्चदेवल मावि लगाएत अन्य विद्यालयहरुमा समेत शैक्षिक सुधारका कार्यक्रमहरु ल्याउने बताइएको छ ।
पञ्चदेवल माध्यामिक विद्यालयबाट अध्ययन सुरु गरेर हाल नेपाल का विभिन्न जिल्लाहरुमा प्रशासक देखी डाक्टरहरु र ठुलो समाजसेवाको पाटोका साथै कुशल व्यावसायीहरु समेत भएका व्यक्तीहरु समाजको सस्थापक सदस्यहरु देखी आजिवन सदस्यहरु रहेका छन ।
साथै पञ्चदेवल पुर्व विद्यार्थी समाज नेपाललाई जिल्ला हुदैँ प्रदेश र पुर्व मेचिदेखी महाकाली सम्म विस्तार गर्ने योजनाका साथ काम गरिरहेको बताइएको छ । संस्था सार्वजिनक को क्रममा पञ्चदेवल माविको आर्थिक भौतिक र शैक्षिक सुधारको लागी धेरै कार्य गर्नुका साथै जेहेन्दार विद्यार्थीहरुका लागी छात्रवृत्ति अक्षयकोष समेत स्थापना गर्ने बताइएको छ ।
संस्था सार्वजनिक कार्यक्रममा बोल्देै भैरवि गाउपालिका दैलेखका अध्यक्ष प्रेम बहादुर बुढाले पुर्व विद्यार्थी समाज नेपाल जस्तो पवित्र संस्था नेपालकै इतिहासमा पहिलो भएको र समाज रुपान्तरणको अभियान विद्यार्थीहरुको हातेमालोको रुपमा भैरविबाट सुरुवात भएको समेत दावि गरेका छन् ।

यसैगरी पञ्चदेवल पुर्व विद्यार्थी समाज नेपालका अध्यक्ष थिर बहादुर थापाले पञ्चदेवल मातृ विद्यालयको नामबाट संस्था स्थापना भएको र मातृभुमिको सेवा गर्ने र समाजरुपान्तरको अभियान सुरुभएको भन्दै तनमन र बचनका साथ सबै मिलेर काम गर्ने उद्धेश्य रहेको बताए ।
पञ्चदेवल पुर्व विद्यार्थी समाज नेपालमा हाल करिब ४८ जना संस्थापक सदस्यहरु,२० जना आजिवन सदस्यहरु देखी धेरैमात्रामा साधारण सदस्यहरु भएको पनि बताएको छ । जसमा संस्थापक सदस्य हुनका लागी पचासहजार आजिवन सदस्यका लागी बिसहजार र साधारण सदस्यका लागी पाँचसय शुल्क निर्धारण गरेको समेत बताइएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५