स्थानीय सरकार मूल्यांकन मापदण्डका तीन कार्यविधि खारेजीको तयारी

काठमाडाैँः स्थानीय सरकारका लागि अब एउटै मात्र मूल्यांकनको मापदण्ड बनाइने भएको छ । हाल स्थानीय तहले हासिल गरेका उपलव्धिहरुको मापन फरक फरक मापदण्ड र कार्यविधिका आधारमा हुँदै आएको छ । यसका लागि स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन कार्यविधि, २०७७, स्थानीय वित्तीय सुशासन जोखिम मूल्यांकन कार्यविधि, २०७९ र स्थानीय आर्थिक विकास कार्यविधि, २०७९ कार्यान्वयनमा छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यी ३ वटै कार्यविधि खारेज गरेर अब एउटै कार्यविधि र मूल्यांकन पद्धतिमार्फत स्थानीय तहले हासिल गरेका उपलव्धिको मापन गर्ने भएको छ । मन्त्रालयले फरक फरक कार्यविधि मार्फत वित्तीय सुशासन, जोखिम, आर्थिक विकास र संस्थागत क्षमताको मूल्यांकन गर्दा झण्झटिलो भएको र स्थानीय तहहरु फरक फरक मुल्यांकनमा आफुलाई अब्बल भएको प्रचारको होडबाजीमा लागेका कारण अब एउटै कार्यविधिमार्फत सबै क्षेत्रको मूल्यांकन गर्ने तयारी सुरु भएको बताएको छ ।

मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन कार्यविधि, २०७७, स्थानीय वित्तीय सुशासन जोखिम मूल्यांकन कार्यविधि, २०७९ र स्थानीय आर्थिक विकास कार्यविधि, २०७९ लाई खारेज गर्ने तयारी थालेको छ ।

यी कार्यविधि खारेज गर्नुअघि मन्त्रालयले तीनवटै कार्यविधिमार्फत हुने मूल्यांकनलाई एउटै कार्यविधिमार्फत मूल्यांकन गर्न स्थानीय सरकार कार्यसम्पादन मूल्यांकन प्रणाली (संचालन तथा व्यवस्थापन) कार्यविधिको मस्यौदा समेत तयार पारेको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५