स्ववियु निर्वाचन: नारायण क्याम्पसमा नयाँ समीकरण

दैलेख: केन्द्र तथा प्रदेशमा भएको सत्ता समीकरणलाई लत्त्याउँदै स्ववियु निर्वाचनमा नयाँ समीकरण भएको छ । भदौ २८ गते हुने निर्वाचनमा मध्यपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस रहेको नारायण क्याम्पसमा सत्ता समीकरण बेगर नयाँ समीकरण भएको हो ।

शुक्रवार नेपाल विद्यार्थीसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु र अखिल (समाजवादी) दैलेखले संयुक्त प्रेस विज्ञप्ति निकालेर समीकरण भएको जानकारी दिएका छन् ।

नेपालको अग्रगामी परिवर्तनको लागि नेपाली विद्यार्थी आन्दोलनले विभिन्न कालखण्डमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको बताउँदै राजनीतिक पार्टीहरू प्रतिबन्धमा रहेको निरङ्कुश पञ्चायत शासन विरुद्ध राजनीतिक दलहरूका धारणा, दृष्टिकोण विद्यार्थी सङ्गठनहरू मार्फत अभिव्यक्त भएको इतिहास भएको भन्दै चार विद्यार्थी सङ्गठन एक ठाउँमा आएका छन् ।

शैक्षिक, विकृति, विसङ्गति विरुद्ध, शैक्षिक क्षेत्र सुधारका लागि विद्यार्थीहरूको आन्दोलनमा विद्यार्थी सङ्गठनको रूपमा नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियू (क्रान्तिकारी), अनेरास्ववियू र अखिल समाजवादीले जिम्मेवार भूमिका निर्वाह गर्दै आएको विज्ञप्तिमा भनिएको छ ।

भदौ २८मा हुन स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा पनि विद्यार्थीहरूकै पक्षमा काम गर्न, विद्यार्थीहरूको अन्तर्निहित प्रतिभालाई प्रस्फुटनका लागि सहजिकरण गर्न, क्याम्पस स्तरमा रचनात्मक र सिर्जनशिल काम अगाडि बढाउन, पठन–पाठन र पुस्तकालय सुविधालाई सुद्धिकरण र स्तर उन्नति गर्न, शान्त र भयरहित तरिकाले परीक्षा वातावरण निर्माण गर्न, संविधानमा उल्लेखित शैक्षिक हक, अधिकार प्राप्तिका लागि हामी नेपालको परिवर्तनको आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको विद्यार्थी सङ्गठनहरूका साझा धारणा र उम्मेदवारीका साथ निर्वाचन प्रक्रियामा सहभागी हुन सहमत भई आम विद्यार्थीहरू माझ जानकारीका संयुक्त विज्ञप्ति निकालेका छौ विज्ञप्तिमा भनिएको छ ।

यस्तो छ चार विद्यार्थीको संयुक्त विज्ञप्ति

दश जनाको मनोनयन दर्ता 

आगामी २८ भदौमा हुने स्ववियु निर्वाचनमा दश जनाले मनोनयन दर्ता गराएका छन् । अध्यक्षका लागि नेपाल विद्यार्थी सङ्घबाट विष्णु प्रसाद कोइराला र अनेरास्ववियुबाट हिम बहादुर बस्नेत, सचिवका लागि अनेरास्ववियू(समाजवादी)बाट टेकराज बुढा र अनेरा स्ववियुबाट फिलिप सिंह, कोषाध्यक्षको लागि अनेरा स्ववियु(क्रान्तिकारीबाट भुवनप्रसाद पाण्डे र अनेरा स्ववियुबाट सुस्मा शाही, सदस्यमा नेपाल विद्यार्थी सङ्घबाट उसा कुमारी केसी, अनेरास्ववियू(समाजवादी)बाट कमल बहादुर खत्री, अनेरास्ववियुबाट पुष्पकमल अधिकारी र पूर्णिमा रानामगरले उम्मेदवारी दर्ता गराएको नारायण बहुमुखी क्याम्पस स्ववियु निर्वाचन अधिकृत ललित बहादुर मल्लले जानकारी दिए ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५