दैलेख ः दैलेख जिल्लाको भगवतीमाई गाउँपालिका वडा नं. ४ को अध्यक्षमा युवा नेता टोपेन्द्र केसीले उम्मेदवारी दर्ता गरेका छन् । सोमवार निर्वाचन कार्यालय भगवतीमाई मा वडा नं ४ को अध्यक्षमा केसीले उम्मेदवारी दर्ता गरेका हुन् । उनी पालीकाकै कान्छाे उमेरका वडा अध्यक्ष भएका छन् ।
नेता केसीलाई एमालेबाट पार्टीले वडा नं ४ को अध्यक्षमा जिम्मेवारी दिएपछि उनले उम्मेदवारी दर्ता गरेका हुन् । वडा नं ४ का गरिब,निमुखा जनताको मुहार फेर्न, जनतालाई सहज सुविधा उपलब्ध गराउने, रोजगारी शिक्षा र स्वास्थ्यमा गुणस्तरीय सेवा दिने, पर्यटन र खेलकुदको विकास गर्ने, युवा, महिला, बालबालिका र ज्येष्ठ नागरिकको लागि विशेष कार्यक्रम ल्याउने, र जनताको सेवक भएर काम गर्न आफूले उम्मेदवारी दर्ता गरेको बताएका छन् ।
२०७४ सालको स्थानीय निर्वाचनमा भगवतीमाई गाउँपालिका वडा नं. ४ को वडा अध्यक्षमा एमालेले विजय हासिल गरेको थियो । पार्टीको आन्तरिक विवादले एमाले विभाजन भएपछि वडा अध्यक्ष नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) रोजेका थिए उनी अहिले समाजवादी पार्टीको तर्फबाट वडा अध्यक्षमा उम्मेद्धारी दर्ता गरेका छन् ।
वडामा नेपाली काँग्रेसबाट देवलोक अधिकारी, राष्ट्रिय जनर्मोचाबाट शेर बहादुर ठकुरी, स्वतन्त्र उम्मेद्धारको रूपमा कृष्ण प्रसाद शर्मा, गणेश बहादुर शाही र ललित बहादुर बुढाले समेत उम्मेदवारी दिएका छन् ।




खुल्ला प्रेस । १३ बैशाख २०७९, मंगलवार १२:२५