दैलेख: दैलेखमा खुला क्रिकेट प्रतियोगिता बुधवारबाट सुरु भएको छ “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने नाराका साथ सुरु भएको खेलकुद प्रतियोगिता नारायण क्याम्पस दैलेखमा मङ्गलवार उद्घाटन भएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि नारायण नगरपालिका दैलेखका उपप्रमुख तप्ता कुमारी थापाले खेलकुदमा स्थानीय सरकारको सहयोग रहने बताइन् ।कार्यक्रम बोल्दै उनले खेलकुदका यस्ता कार्यक्रमले खेलाडीहरूलाई उत्प्रेरण जगाउने हुँदा खेलकुदका कार्यक्रमहरू सञ्चालन गरिनुपर्ने कुरामा जोड दिइन् । कार्यक्रमका विशेष अतिथि नारायण नगरपालिका वडा नम्बर ६का वडा अध्यक्ष जनक न्यौपानेले खेलकुदका कार्यक्रमले अहिले खेलकुदको क्षेत्रमा आधारशिला बनेको भन्दै, कार्यक्रम अवधिभर स्वच्छ र निष्पक्ष रूपमा खेलाडीहरूले खेलको मर्यादामा खेल खेल्दै उच्च मनोबलका साथ खेल्नुहुने छ भन्ने अपेक्षा राखेको बताए ।
अतिथिका रूपमा बोल्दै नारायण बहुमुखी क्याम्पस दैलेखका निमित्त क्याम्पस प्रमुख नरेन्द्रराज आचार्यले कुनै कुराको सुरुवाती गरेपछि त्यसले जागरुपता दिन जरुरी रहेको बताए ।यस कार्यक्रमले जिल्लाको खेलकुद क्षेत्रलाई माथि उठाउन सहयोग पुग्ने धारण उनले राखे ।
उद्घाटन समारोहको समापनमा बोल्दै कार्यक्रमका अध्यक्ष तथा दैलेख मोडेल स्कुलका प्रिन्सिपल सुरेन्द्र बहादुर शाहीले कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यवाद दिँदै खेल क्षेत्रले विद्यार्थी तथा खेलाडीहरूलाई खेल प्रतिको माया र सद्भावका लागि कार्यक्रम क्रिकेटको आयोजना गरेको जानकारी दिए ।
दैलेख मोडेल स्कुल दैलेखको आयोजना तथा ग्लोबल बैङ्क दैलेख शाखा, नारायण नगरपालिका वडा नम्बर ६ को कार्यालय, देउती पुस्तक पसल र बास नेपाल दैलेख शाखाको सहयोगमा माघ १६ गते देखि माघ १९ गते सम्म जिल्ला स्तरीय प्रथम फाउन्डर टी-१२ क्रिकेट कप-२०८१ सुरु भएको छ । एक टिममा १२ जना खेलाडी र १ जना प्रशिक्षक रहेका छन् ।
प्रतियोगितामा सहभागी भई प्रथम स्थान हासिल गर्ने टिमले ३० हजार १ सय नगद, मेडल र प्रमाणपत्र, द्धितिय हुने टिमले १५ हजार १ यस नगद, मेडल र प्रमाणपत्र, तृतीय स्थान हासिल गर्ने टिमले ७ हजार १ यस नगद, मेडल र प्रमाणपत्र पाउने व्यवस्था गरिएको आयोजकले जनाएको छ । १० वटा टिम दर्ता भएकोमा मंगलबार भएका २ खेल मध्ये पहिलो खेल आयोजक टिमले बिलास्पुर याक्सलाई ६० रनले जितेको छ । दोस्रो खेलमा सोत त्रिवेणीले पुलिसलाई ३ रनले पछि पार्दै जित सुनिश्चित गरेको छ ।
खुल्ला प्रेस । १६ माघ २०८१, बुधबार २०:०२