दैलेख कांग्रेस गाउँ केन्द्रित

दैलेख: नेपाली कांग्रेस दैलेखले गाउँ केन्द्रित हुन थालेकाे छ। आगामी मंसिर ४  गते हुने प्रदेश सभा र प्रतिनिधी सभाको निर्वाचनका लागि  गाउँ केन्द्रिय कार्यक्रम सञ्चालन गर्न लागेकाे हाे। जनमत आफ्नो पक्षमा पार्न मतदाताका राय सल्लाह सुझाव लिन पार्टीकाे केन्द्रिय निर्देशन अनुसार “जनताका साथमा काँग्रेस” अभियान लिएर घरदैलो गर्न लागिएकाे हाे।

जनताका साथ काँग्रेस अभियान लागि केन्द्रिय प्रतिनिधी देखी टोलसम्म ५४८ जना पदाधिकारी परिचालन गरिने नेपाली काँग्रेस दैलेखले जनाएको छ। शुक्रवार नेपाली काँग्रेसको जिल्ला कार्यसमितिको बैठकले सो निर्णय गरेको हो।

पदाधिकारी गाउँ वा टोल पुगे नपुगेको अनुगमन गरेर प्रतिवेदन दिनको लागि ९ जना सदस्यीय समिति बनाएको छ। भदौ १० देखी २४ सम्म सञ्चालन गरिने अभियानमा मुख्य त काँग्रेसले चारवटा कुरालाई प्राथमिकतामा राखेको जनाएको छ ।

आगामी मंसिर ४ मा हुने प्रदेश सभा र प्रतिनिधी सभाका लागि प्रचार प्रसार गर्ने,दलित,महिला र उत्पिडन वर्ग लगायत अन्य नागरिकले काँग्रेस पार्टीबाट गरेको अपेक्षा,जनताका पार्टी प्रति गुनासा र रायसल्लाह,पार्टीले मुलुकको रुपान्तरण र व्यवस्था परिवर्तनको लागि खेलेको भुमिका,संघिय लोकतान्त्रिक गणतन्त्र व्यवस्था र संविधान रक्षा र निर्वाचनमा तालमेल गरेर जानुका कारणबारे जानकारी दिनको लागि यो अभियान थालिएको बताइएकाे छ।

त्यसैगरि केन्द्रिय सर्कुलर अनुसार नै नेपाली काँग्रेसले गएको बैशाख ३० मा भएको स्थानीय चुनावमा पार्टीका उम्मेवार विरुद्ध स्वतन्त्र उम्मेदवार दिने व्याक्तिलाई मंसिर ४ सम्म कारवाही स्थगित गरेको नेपाली काँग्रेस दैलेखका पार्टी सभापति मणिराम रेग्मीले जानकारी दिए ।

मंसिर ४ मा हुने निर्वाचनको लागि प्रदेशको १३ गते, क्षेत्रको १५ गते र जिल्लाको १७ गते बैठक बसेर प्रदेश र संघ उम्मेदवारको टुंगोमा पुर्याउनका लागि नेपाली काँग्रेसले जिल्ला कार्यसमितिलाई पत्राचार समेत गरेको छ।

जनताका साथमा काँग्रेस अभियानका दैलेख प्रतिनिधी नेपाली काँग्रेसबम केन्द्रीय सदस्य राजीव विक्रम शाहले अनलाईन सन्देश मार्फत अभियानको उद्घाटन गरेका थिए।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५