नेपाल सेवा प्रवीण पदकबाट दैलेखका अभिषेक अनुराग बिभुषित

दैलेखः नेपाल सेवा प्रवीण पदकबाट दैलेखका अभिषेक अनुराग बिभुषित भएका छन् ।

सरकारले सोमबार ९ सय ९८ जनालाई विभिन्‍न पदकद्वारा विभूषित गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ असोज ३ गते संविधान दिवसका दिन विभिन्न क्षेत्रका ९९८ जनालाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने भएकी हुन् ।

साेही क्रममा दैलेखका बहु प्रतिभाशाली अभिषेक अनुराग पनि बिभुषित हुने भएका हुन ।गत भदौ ३१ गतेको मन्त्रिपरिषद्को सिफारिसको आधारमा राष्ट्रपति भण्डारीले नेपाल रत्नसहित विभिन्न ९९८ वटा विभूषण पदक प्रदान गरेकी हुन्।

भण्डारीले संविधान दिवनमा संविधानको धारा २७७ को उपधारा १ बमोजिम पदक प्रदान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।नेपाल रत्न मानपदवी पूर्व प्रधानमन्त्री स्वर्गीय सुशिल कोइराला, राष्ट्रिय गौरवबाट तीनजना स्वर्गीय जीवराज न्यौपाने आश्रित, मन्त्रिपरिषदका पूर्व अध्यक्ष  खिलराज रेग्मी संस्कृतिविद् सत्यमोहन जोशी विभूषित हुने भएका छन् ।त्यस्तै, सुप्रसिद्ध प्रबल जनसेवाश्रीबाट संस्कृतविद डा. जगमान गुरुङ विभुषित हुने भएका छन् ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५