नौमुले गाउँपालिकामा कृषि बहस कार्यक्रम सम्पन्न

दैलेख : नौमुले गाउँपालिका दैलेखमा अगुवा किसान, जनप्रतिनिधि र कृषि शाखा÷पशु शाखा नौमुलेको बीचमा कृषि बहस कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम नौमुले गाउँपालिका वडा न. ५ का अध्यक्ष कृष्ण सलामीको अध्यक्षता, नौमुले गाउँपालिका अध्यक्ष छविराम सुवेदीको प्रमुख आतिथ्यता एवम् गाउँपालिका का उपाध्यक्ष गंगबहादुर शाहीको विशेष उपस्थितिमा अगुवा किसानहरु संग बहस कार्यक्रम भएको हो ।

कार्यक्रमको सहजीकरण पशु शाखा नौमुलेका प्रमुख खगेन्द्र न्यौपानेले गरेका थिए भने स्वागत मन्तव्य कृषि शाखाका प्राविधिक सहायक प्रदिप सलामीले राखेका थिए । अगुवा किसानहरुले उत्पादन संगै बजार ब्यवस्थापनमा गाउँसरकारले सहयोग गर्न माग गरेका छन् ।

नौमुलेमा कृषि उत्पादन प्रचुर सम्भावना हुँदाहुँदै पनि बजार ब्यवस्थापन हुन नसक्दा कृषिमा ब्यवसायिकरण हुन् नसकेको कुरा अगुवा किसानहरुले बथाएका छन । कार्यक्रमका प्रमुख अतिथि तथा नौमुले गाउँपालिका अध्यक्ष छविराम सुबेदीले कृषि र पशु क्षेत्रमा आवद्ध किसानहरुको तथ्यांक निकाल्दै त्यसअनुरुपको नीति तथा कार्यक्रम तय गर्दै नौमुलेलाई कृषिमा आत्मनिर्भर गराउन सरकार लाग्ने कुरा बताए ।

किसानहरुलाई कृषि उत्पादनमा जोड दिन अनुरोध गर्दै बजार ब्यवस्थापनको जिम्मा गाउँसरकारले गर्ने अध्यक्ष सुवेदीको भनाइ छ । पाँच नम्बर वडाध्यक्ष कृष्ण सलामीले पुर्व सरकारले कृषि तथा पशु क्षेत्रमा उदारो योजना बाढ्दा अहिलेको सरकारलाई अपठ्यारो भैरहेको बताए ।

कृषि र पशुमा ब्यवसायिकता ल्याई झोलामा योजना बोकेर हिड्ने झोले किसानलाई ठेगान लगाउदै वास्तविक किसानको पहिचान गरेर उनिहरुलाई प्रोत्साहन गर्ने र कृषि उत्पादनमा जोड दिने उनले बताए ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५