
दैलेखः नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले सरकारमा जानको लागि कसैलाई खोज्दै नगएको बताँएका छन् । मंगलबार प्रेस चौतारी दैलेखले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भट्टराईले यस्तो बताएका हुन ।
सत्ता गठबन्धन टुटाउन एमाले अघि बढ्दैन्, एमालेका कारण कुनै हालतमा गठबन्धन टुट्दैन्, यो विजनेस एमालेले गर्दैन्। तर, माओवादी केन्द्रका अध्यक्ष अस्थिर हुनुहुन्छ ।’ भट्टराईले भने। साथै, सत्ता गठबन्धन टुटाउन एमालेले कुनै विजनेस नगर्ने पनि उनले जिकिर गरे । एमालेले सरकारमा जानको लागि कसैलाई नखोजेको जिकिर गर्दै भने हामिले सरकारमा जानको लागि प्रचण्डलाई खोज्दै हिनेका होइनौँ उहाँ हामिलाई खोज्दै आएको हौँ । उहाँलाई कांग्रेसले बाटोमा फालेको थियो, हामीले उद्वार गरेका हौँ,’ उनले भने, ‘त्यसपछि सिंहदरबारमा पुर्यौं । हामी कसैलाई साथ दिन तयार भएर बसेका थियौं। उहाँ हामीलाई खोज्दै आउनुभयो ।’
‘अस्थिर राजनीतीले हामी कसैलाई फाईदा हुँदैन् ।’ सञ्चारकर्मीसँगको कुराकानीका क्रममा भट्टराईले भने । आगामी फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनसँग सम्बन्धित रहेर भट्टराईलाई सञ्चारकर्मीले प्रश्न गरेका थिए ।
जवाफमा उनले भने, ‘कुनै गन्तव्यमा पुग्नका लागि स्थायित्व हुनुपर्ने हो । उहाँमा त्यो स्थिर देखिदैन् । माओवादी अब ठूलो पार्टी पनि बन्न सक्दैन । उहाँले यो गठबन्धन टुटाउनु भयो भने चरम अवसरवादी हुनुहुनेछ ।’ यस्तै, भट्टराईले सत्ता गठबन्धनका उम्मेदवारबाटै राष्ट्रपतिको उम्मेदवार बन्ने र कांग्रेसले समर्थन कुरा नैतिक रुपमा पनि नमिल्ने बताए ।




खुल्ला प्रेस । ९ फाल्गुन २०७९, मंगलवार २०:५२