नेपाल प्रेस यूनियन दैलेखको छैटौँ अधिवेशन सम्पन्न

दैलेखः नेपाल प्रेस यूनियन दैलेखको छैटौँ जिल्ला अधिवेशन तथा साधारण सभा सम्पन्न भएको छ ।
राष्ट्रियता, लोकतन्त्र, समाजवाद भन्ने नारा सहित नेपाल प्रेस यूनियन दैलेखको जिल्ला अधिवेशन जिल्ला समन्वय समितिको हलमा सम्पन्न भएको हो ।
सोमबारबाट सुरु भएको अधिवेशन नेपाल प्रेस युनियनका सभापति भक्त बहादुर शाहीको अध्यक्षता तथा माननीय घनश्याम भण्डारीको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको महाधिवेशन प्रतिनिधि भूपेन्द्र शाहीले जानकारी दिएका छन् ।
सोमबार भएको अधिवेशनको उद्घाटन समारोहमा बोल्दै कर्णाली प्रदेशका माननीय तथा सामाजिक विकास समितिका सभापति घनश्याम भण्डारीले पत्रकारले आफ्नो कर्म गर्नुपर्ने धारण राखे, लेख्ने पत्रकारले जहाँ भए पनि काम पाउने र जीवन निर्वाह हुने भएकाले काम प्रत्येक पत्रकारले लेख्ने कुरामा अल्छी नगर्ने सुझाव दिए । उनले पत्रकारहरुले स्वतन्त्र भएर लेख्नुपर्ने र समाजलाई सही सूचना दिनुपर्ने भएकाले अधिवेशनले त्यस्तो नेतृत्व चयन गर्नेको लागि अधिवेशनको पूर्ण सफलताको शुभकामना दिए । कार्यक्रमको विशेष अतिथि तथा नेपाल प्रेस युनियनका केन्द्रीय प्रतिनिधि कमल पन्तले दैलेख एक इतिहास बोकेको जिल्ला भएकोले यहाँका पत्रकारमा कुनै समस्या नभएको धारण राखे । प्रेस युनियनका केन्द्रीय सदस्य ज्योति कटुवाल, वरिष्ठ पत्रकार नगेन्द्र उपाध्याय, प्रेस चौतारी दैलेखका अध्यक्ष पुष्कर थापा, ट्रेड यूनियन दैलेखका अध्यक्ष लगायतले अधिवेशनको सफलताको शुभकामना दिएका थिए ।
अधिवेशनबाट नयाँ कार्य समिति गठन
नेपाल प्रेस यूनियन दैलेखको छैटौँ जिल्ला अधिवेशनको बन्दशत्रबाट नयाँ कार्य समिति चयन गरिएको छ । जसको सभापतिमा अभिषेक अनुराग, उपसभापतिमा शेर बहादुर कठायत, सचिवमा झलक गिरी सदस्यमा तपेन्द्र शाही, कृष्ण अधिकारी सहित ४ सदस्य पछि मनोनीत गर्ने गरी नौ सदस्य कार्यसमिति गठन गरिएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५