रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन्।

मुलुकको पछिल्लो राजनीतिक अवस्था र संसदमा देखिएका गतिरोध लगायतका विषयमा साझा धारणा बनाउन सभापति लामिछानेले सबै संसदीय दलहरूलाई बैठकमा आमन्त्रण गरेका हुन्।

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बैठक आगामी जेठ २५ गते सोमबार बिहान ९:०० बजे सिंहदरबारस्थित संघीय संसद् सचिवालयको सार्वजनिक लेखा समितिको हलमा बस्ने तय भएको छ।

बैठकमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूलाई सहभागी हुन औपचारिक पत्राचार गरिसकिएको छ।

रास्वपाले प्रत्येक दलबाट पार्टी अध्यक्ष वा सभापतिसहित दुई जना प्रतिनिधि सहभागी हुन आग्रह गरेको छ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५