दैलेख महोत्सवको तयारी तिब्र

दैलेखः दैलेखमा फागुन १७ देखि २८ गतेसम्म हुने महोत्सवको तयारी तिब्र पारिएको छ । उघोग वाणिज्य सङ्घ दैलेखको आयोजनामा हुने तेस्रो कर्णाली प्रादेशिक औधोगिक व्यापार मेला तथा दैलेख महोत्सव–२०८० सुरुहुने मिति नजिकिदै जाँदा तयारी समेत तिब्र पारिएको दैलेख उद्योग बाणिज्य संघ दैलेखका महासचिव प्रकाश पौडलले बताए ।
घरेलु उत्पादनलाई विशेष जोड दिईएको महोत्सवमा व्यवसायीक, होटल साथै कृषि उत्पादन गरी १८० स्टल राखिने दैलेख उद्योग वाणिज्य सङ्घका महाँसचिब प्रकाश पौडेलले खुल्ला प्रेसलाई जानकारी दिए । महोत्सवको उद्घाटन कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले गर्ने तयारी भैरहेको छ,महोत्सवमा स्थानीय र राष्ट्रियस्तरका कलाकारहरूको प्रस्तुतिसमेत रहने उनले जानकारी दिएका छन् ।
यस्तै महोत्सवमा राखिएका स्टलहरूमा तरकारीका बिउ बिजन, स्थानीय कच्चा पदार्थबाट निर्मित मालसामानहरू लगायत सूचना प्रविधिसम्मको प्रर्दशनिमा गर्ने व्यवस्थापन मिलाइएको दैलेख उद्योग बाणिज्य सङ्घका अध्यक्ष कुल बहादुर विकले बताए । काडाँचौरको खुला मैदानमा यही फागुन १७ गतेदेखि फागुन २८ गतेसम्म सञ्चालन हुने महोत्सवको तयारी तिब्र रुपमा चलेको छ ।


महोत्सवमा जिल्ला स्तरीय दोहोरी प्रतियोगिता समेत सञ्चालन हुने मेलाका कला संयोजक कुमार प्याकुरेलले बताए । महोत्सवले व्यवसायहरुलाई मात्रै नभई यहाँको पर्यटन कला, साहित्य र संस्कृतिलाई समेत टेवा पु¥याउ उनको भनाइ छ, महोत्सव अवधिभर दैलेख जिल्लाका विभिन्न पालिकामा रहेका कला सास्कृति,लहेर पैचरी नाच, मारुनी, गर्रा नाँच, ढाल तरबार, हुड्के नाँच, नृत्य सहितका झाकी प्रस्तुत गरिने तयारी भएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५