दैलेखः १४ औ जिल्ला स्तरिय राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगिता ठाटिकाँधमा हुने भएको छ । माघ १६ गतेबाट सुरु हुने प्रतियोगितामा दैलेखका रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न गरेका पालिकाहरुले भाग लिने छन् ।
“स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने नारासहित शुरु हुने जिल्ला स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जिल्ला खेलकुद बिकास समितका सदस्य सचिब भुपेन्द्र बहादुर शाहीले बताए ।
जिल्ला स्तरीय १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता जिल्ला खेलकुद बिकास समितिको आयोजना , ठाटीकाँध गाउँपालिकाको आर्थिक सहयोग तथा ठाटीकाँध गाउँपालिका खेलकुद बिकास समितिको व्यबस्थापनमा माघ १६ देखि १९ माघ सम्म संचालन हुने छ ।
जिल्ला खेलकुद बिकास समितिको आयोजनामा सुरु भएको प्रतियोगितामा दैलेखका १० वटा स्थानिय तहले सहभागिता जनाएका छन । प्रतियोगिता ठाटिकाँध गाउँपालिकाको कृष्ण माध्यामिक बिद्यालयको खेल मैदान, ठाटीकाँध गाउँपालिकाको टुडिखेल तथा बिजारेको खेल मैदानमा हुनेछ । प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स लगाएतका खेलहरु संचालन हुने जनाइएको छ ।
खुल्ला प्रेस । १६ माघ २०८०, मंगलवार ०७:३०