सम्पुर्ण धर्महरुको संरक्षण गर्नु सरकारको दायित्व: मन्त्री शाही

दैलेख: नेपाल बहुभाषिक , बहु धार्मिक बहु सांस्कृतिक मुलुक भएकोेले सम्पुर्ण धर्महरुको संरक्षण गर्नु सरकारको दायित्व भएको करर्णाली प्रदेश आन्तरिक ममिला तथा कानुन मन्त्री हिम बहादुर शाहीले नेपालीको मौलिक सांस्कृतिक संरक्षण गर्नको लागि कर्णाली प्रदेश सरकार लागि पर्ने बताएका छन् । आइतबार नोर्वु छयोलिङ्ग वौद्ध गुम्वा चामुण्डा विन्द्रशैनी नगरपालिका वडा नं. १ ले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शाहीले सो कुरा बताएका हुन् । मन्त्री शाहीले यहाँको शिक्षा, स्वास्थ्य, खानेपानी यातायात भौतिक संरचनाको विकासका लागि विकासका लागि आफु प्रतिवद्ध रहेको बताए । मन्त्री शाहीले जनताको आवश्यकता र पहिचान गरेर प्रकृयागत रुपमा आएको मागहरुलाई आफुले सम्वोधन गर्ने बताउँदै गुम्वाको विकास र प्रवद्धन लागि प्रतिबद्ध रहेको बताउँदै गुम्वाको पुजा समेत गरेका छन् ।
यस्तै आन्तरिक ममिला तथा कानुन मन्त्री हिम बहादुर शाहीले आइतबार चामुण्डा विन्द्राशैनी नगरपालिकामा रहेको चामुण्डा नमुना माध्यमिक विद्यालय र चामुण्डा कलेजको अनुगमन तथा भर्मण गर्नु भएको छ । भेटघाटको क्रममा देश र सम्मुनत समाजको निर्माण र विकास को समृद्धिका लागि वुद्धीजिवी वर्गहरुको भुमिका अहम हुने भएकाले वुद्धजिवी, शिक्षक कर्मचारी लगाएतका ब्यक्तिहरु अग्रसर हुनु पर्नेमा जोड दिए ।
मानव जिवनको विकासका लागि सबै भन्दा महत्वपुर्ण शिक्षा र ज्ञान भएको दावी गर्दै मन्त्री शाहीले जव सम्म शिक्षाको विकास हुंदैन तव सम्म नेपालका विकासको सम्भावना नरहेको दावी गरे । मन्त्री शाहीले कर्मचारीहरु पाटीको सेवक नभएर देश र जनताको सेवक बन्नको लागि कर्मचारीहरुलाई आग्रह गरेका छन् ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५