दैलेख ः दैलेखमा साढे तीन हजार मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार पहिलो र दोस्रो चरणमा सञ्चालन गरिएको फोटोसहितको मतदाता नामवलीमा तीन हजार पाँच सय ९९ जना मतदाता थपिएका हुन् ।
पाँच स्थानीय तह र दोस्रो चरणमा चार स्थानीय तह गरी फोटोसहितको मतदाता नामवली संकलन गरिएको कार्यालयले जनाएको छ । । निर्वाचन कार्यालयले मङसिर १७ गतेदेखि पहिलो चरण र मंङसिर २८ गतेदेखि पुस ८ गतेसम्म फोटोसहितको मतदाता नामवली संकलन सुरु गरेको थियो । दैलेखमा एक लाख ५८ हजार ९१४ जना मतदाता पुगेका छन् ।

हाम्राे जानकारी
तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५



खुल्ला प्रेस । १० पुष २०७८, शनिबार १८:२७