एकैदिन १४ जनाले गरे आत्महत्या

काठमाडौं : नेपाल आत्महत्या गर्ने देशहरूको सूचीमा अग्रस्थानमै पर्दछ । मानसिक विचलन, तनाव, घरेलु हिंसा, गरिबी वा अन्य कारणले बर्सेनि नेपालमा सैयौंले आत्महत्या गर्दछन् ।

नेपाल प्रहरीको तथ्यांक अनुसार गत २४ घण्टाको अवधिमै १४ जनाले आत्महत्या गरेका छन् । विभिन्न दुर्घटनाको विवरण सार्वजनिक गरेको प्रहरीले जम्मा ४१ जनाको मृत्यु भएकामध्ये १४ जना आत्महत्या गर्ने नै छन् ।

पछिल्लो समय कोरोना कालपछि आत्महत्या गर्नेको दर झनै बढेर गएको प्रहरीले बताएको छ । बेरोजगारी, सम्बन्धमा दरार, प्रेम सम्बन्ध तथा गरिबी र हिंसाका कारण पनि आत्महत्या गर्नेहरूको दर बढ्दो छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५