दैलेखमा कृषि विमा दाबि भूक्तानी

दैलेख : दैलेखमा कृषि विमा दावी भुक्तानी गरिएको छ । युनाइटेड अजाेड ईन्साेरेन्स लिमिटेड उपशाखा दैलेखले कृषि विमा दाबि भूक्तानी गरेकाे हाे ।
विहिवार बिमित शतप्रतिशत प्रगतिशील कृषि सहकारी संस्था दैलेखका सचिव धन बहादुर रामजालीलाई विमा बापतकाे नब्बे हजार रूपैयाँकाे चेक हस्तान्तरण गरिएकाे युनाइटेड अजाेड उपशाखा दैलेखका उप शाखा इन्चार्ज प्रकाश शाहीले जानकारी दिए ।
उनले दिएकाे जानकारी अनुसार, नारायण नगरपालिका -३ का लछिमा जैसीले २०८० असाेजमा भैसीकाे एकलाख रूपैयाँकाे बिमा गरेकाेमा २०८० कार्तिक ७ मा भैंसी मरेपछि उहाँलाई ९० हजारकाे बिमा बावत रकम हस्तान्तरण गरिएकाे हाे ।
सहकारी मार्फत भैंसी लिएकाेले सचिवलाई  उप शाखाबाट चेक हस्तान्तरण गरिएको  जानकारी पाएपछि लछिमा आफु खुसी भएको बताएकी छन् ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५