दैलेखबाट सुर्खेत जादै गरेको गाडि दुर्घटना, उद्धार जारी

दैलेखः दैलेखको सीमास्थित वीरेन्द्रनगर–१४, को रातानाङ्ग्ला नजिक फोर्स गाडी दुर्घटनामा परेको छ । शुक्रबार दिउँसो दैलेख बजारबाट सुर्खेततर्फ जादै गरेको फोर्स गाडी दुर्घटनामा परेको हो ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ । गाडी सडकभन्दा झण्डै दुई सय मिटर भिरमा खसेकाले यकिन विवरण संकलन गर्न नसकिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार १३ जना घाइतेको उद्धार गरी गुराँस गाउँपालिकाको एम्बुलेन्समार्फत कर्णाली प्रदेश अस्तालत सुर्खेत पठाइएको छ ।

अन्यको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । गाडीमा ३० देखि ३५ जना यात्रु रहेको अनुमान गरिएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५