दैलेखः जग्गा विवादको विवादले झडप हुँदा दैलेखमा एक जनाको मृत्यू भएको छ । धारिलो हतियार प्रहारबाट घाइते भएका भैरबी गाउँपालिका–६ कुर्माकोटका ५१ वर्षीय रामबहादुर हमालको कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा मृत्यू भएको प्रहरीले जनाएको छ ।
गएराति भैरबी गाउँपालिका–६ कुर्माकोटको ज्यामुडाँडामा भएको झडपमा घाइते रामबहादुरको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी गणेशबहादुर बरालले जानकारी दिए ।
सामूहिक रुपमा आक्रमण गरी हत्या गरेको भन्दै पीडित पक्षले दिएको उजुरीका आधारमा घटनाका आरोपितहरु एकै घरका ४२ वर्षीय कुलबहादुर सिंह, उनकी श्रीमति ३८ वषीया मनिषा सिंह र कुलबहादुरका २२ वर्षीय छोरा सुरेन्द्र सिंहलाई प्रहरीले हिरासतमा राखिएकाे र घटनाकाे अनुसन्धान भइरहेकाे जनाएको छ ।




खुल्ला प्रेस । ३० जेष्ठ २०८२, बिहीबार २१:३२