दैलेखः कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी बिनोद शाहलाई दिइएको छ । मुख्यमन्त्री राजकुमार शर्माले बुधबार नै मन्त्रिपरिषद विस्तार गरी मन्त्रीहरुको जिम्मेवारी तोकेका छन् । ७ सदस्यीय मन्त्रिपरिषदमा माओवादीबाट मुख्यमन्त्रीसहित ४ र एमालेबाट ३ जना मन्त्री भएका छन् ।
माओवादीबाट मंगलबहादुर शाही भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत मन्त्री, कृष्ण जिसी आन्तरिक मामिला तथा कानुन मन्त्री र भीमप्रकाश शर्मा भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री बनेका छन् ।
त्यस्तै एमालेबाट विनोदकुमार शाह आर्थिक मामिला तथा योजना मन्त्री, टेकराज पछाई सामाजिक विकास मन्त्री र शेरबहादुर बुढा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बनेका छन् ।
२७ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका शर्माले २८ पुसमा एमालेका शाह र माओवादीका मंगलबहादुर शाहीलाई विना विभागीय मन्त्री बनाएका थिए ।
मन्त्रीपरिषदकाे जिम्मेवारी बाडफाँड भए पनि कर्णालीमा भने महिला दलित, अादिबासीबाट भने कसैलाई लगिएकाे छैन । यसकाे सामाजिक सजालहरुमा बिराेध भइरहेकाे छ ।
खुल्ला प्रेस । ११ माघ २०७९, बुधबार १७:३३