दैलेखः दैलेख जिल्लालाई पुर्ण खोप जिल्ला घोषणा गरिएको छ । सोमबार जिल्लामा एक कार्यक्रमका बिच पुर्ण खोप जिल्ला घोषणा गरिएको हो ।
कर्णाली प्रदेशलाई आगामी भदौमा पूर्ण खोपयुक्त प्रदेश घोषणा गर्ने कार्यक्रम अनुसार दैलेखलाई असार मै पुर्ण खोप घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय दैलेखले जानकारी दिएको छ ।
स्वास्थ्य सेवा कार्यालय दैलेखको आयोजनामा ‘‘स्थानीय स्रोत र साधनको प्रयोग, स्वामित्व र सहभागिता पुर्ण खोप जिल्ला हाम्रो प्रतिबद्धता”दैलेख जिल्ला पूर्ण खोप सुनिश्चिता, निरन्तरता तथा दिगोपना भन्ने मुल मन्त्रद्धारा सोमबार असार २५ मा दैलेखलाई पुर्ण खोप घोषणा गरिएको हो । दैलेखका सबै पालिकामा १६ देखि ५९ महिना उमेर समूहका बालबालिकामा तथ्याङ्क सर्वेक्षण गर्दा बच्चा जन्मिएको दिनदेखि १५ महिनाभित्र लगाउनुपर्ने १३ प्रकारका एन्टिजेन्ट खोपहरू लगाएको पाईएको छ ।
पुर्ण खोप घोषणा सभामा स्थानीय तहका प्रमुख, उपप्रमुख तथा जिल्ला स्थित सरकारी कार्यालयका कर्मचारी,राजनैतिक दल पत्रकार लगाएतको उपस्थिती रहेको थियो उक्त सभाबाट दुई बुंदे साझा प्रतिबद्धतामा समेत हस्ताक्षर गरिएको छ ।



खुल्ला प्रेस । २६ असार २०८०, मंगलवार ०७:३८