कर्णालीका १० हजार घर अझै शौचालय विहीन

कर्णाली : कर्णालीमा अहिले पनि झन्डै १० हजार घरधुरीमा शौचालय निर्माण भएका छैनन्। प्रदेशको ऊर्जा तथा जलस्रोत मन्त्रालयका अनुसार कर्णालीमा ९ हजार ५ सय ९६ घरधुरी शौचालयविहीन छन्।

कर्णालीमा कुल तीन लाख ६६ हजार ३७ घरधुरी छन्। जसमा सार्वजनिक ढल भएका शौचालय ८ हजार १ सय ४९ घरधुरीमा छ। सेफ्टीट्यांकी भएको शौचालय २ लाख २० हजार २ सय २६ घरधुरीमा छन्। खाडल भएका शौचालय १ लाख २६ हजार ७ सय ७९ घरधुरीमा छन्। १ हजार २ सय ८७ घरधुरीले सार्वजनिक शौचालयहरू प्रयोग गर्ने गरेका छन्। कर्णालीमा ३ लाख ५६ हजार ४ सय ४१ घरधुरीले शौचालयको निर्माण गरेका छन्।

कर्णालीमा जिल्लागत संख्या हेर्दा सुर्खेतमै शौचालय नभएका घरको संख्या सबैभन्दा धेरै छ। सुर्खेतमा अझै पनि २ हजार १ सय ७३ घरधुरी शौचालयविहीन रहेका छन्। त्यसैगरी दैलेखमा १ हजार १ सय २०, सल्यानमा १ हजार ८३ र जाजरकोटमा १ हजार ६६ घरधुरी शौचालयविहीन छन्।

यस्तै कालीकोटमा ९ सय २८, डोल्पामा ७ सय ५१, मुगुमा ६ सय ८५, जुम्लामा ६ सय ४९, हुम्लामा ६ सय १ र रुकुमपश्चिममा ५ सय ४० घरधुरी शौचालयविहीन छन्।

कर्णालीमा १ हजार बढी घरधुरीले सार्वजनिक शौचालयको प्रयोग गर्छन्। यहाँका कुल १ हजार २ सय २७ घरधुरीले सार्वजनिक शौचालयको प्रयोग गर्ने गरेको अभिलेख छ। जसअन्तरगत सुर्खेतमा ३ सय ४६, दैलेखमा २ सय १, रुकुमपश्चिममा १ सय ४३ र जाजरकोटमा १ सय ४ घरधुरीले सार्वजनिक शौचालयको प्रयोग गर्ने तथ्यांक छ।

जुम्लामा ९४, कालीकोट र मुगुमा ९२/९२ घरधुरीले सार्वजनिक शौचालयको प्रयोग गर्छन्। यो खबर अन्नपूर्ण पोष्ट दैनिकले प्रकाशन गरेको छ। त्यसैगरी सल्यानमा ८३, डोल्पामा ७८ र हुम्लामा ५४ धरधुरीले सार्वजनिक शौचालयको प्रयोग गर्ने गरेका छन्। वास खबरबाट

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५