राष्ट्रिय बाणिज्य बैंक दैलेखका सुरेश खत्री उत्कृष्ट कर्मचारी सम्मानित

दैलेख ः राष्ट्रिय बाणिज्य बैंक दैलेखका सुरेश खत्री उत्कृष्ट कर्मचारीमा सम्मानित भएका छन् ।
राष्ट्रिय बाणिज्य बैंकको ५५ औँ बार्षिकत्सोवको अवसरमा उनि सम्मानित भएका हुन् बैंकले बार्शिकत्सोवको आर्थिक बर्ष २०७५/०७६ को उत्कृष्ट कर्मचारी पुरस्कार बितरण गरेको छ । उक्त बर्षको कार्यसम्पादनमा दैलेख शाखाबाट नगद सहायक पदमा कार्यरत सुरेश कुमार खत्री छनौट भएका हुन् ।
बैंकले आफ्नो बार्षिक उत्सबमा विभिन्न बिधामा पुरस्कार दिने गरेको छ । खत्रीको कार्यसम्पादन राम्रो देखिएकाले सम्मान गरिएको बैंकले जनाएको छ ।
बैंकको बिभागिय टिमले उत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरी थप जिम्मेवार बनाएकोमा शाखा प्रबन्धक लगायत सम्पुर्ण दैलेख शाखा परिवार प्रति आभार ब्यक्त गर्छु खत्रीले भने ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५