अनुदानमा मनपरी: पुस्तकालय, प्रयोगशाला तथा आईसीटीको रकमले भ्रमण

दैलेख: भगवतिमाई गाउँपालिकाले विद्यालयलाई दिएको अनुदानमा मनपरी गरेको देखिएको छ । अनुदान पुस्तकालय, प्रयोगशाला तथा विद्यालयको शैक्षिक गुणस्तर सुधार र सूचना तथा सञ्चार प्रविधि (आइसिटी) को विकासका लागि आएको अनुदान रकमले भ्रमणमा खर्च गरेपछि मनपरी भएको हो ।

दैलेखको भगवतीमाई गाउँपालिका ७ खोरमा रहेको भैरब माध्यमिक विद्यालयले अनुदान रकमको दुरुपयोग गरी भ्रमणमा खर्च गरेको महालेखा परीक्षकको  कार्यालयको प्रतिवेदनले औँल्याएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको कार्यविधि अनुसार सामुदायिक विद्यालयका विद्यार्थीका लागि पुस्तकालय स्थापना, पुस्तक खरिद र सूचना तथा सञ्चार प्रविधि व्यवस्थापन गर्न गाउँपालिकाले विद्यालयलाई ६ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको थियो । उक्त अनुदान रकम विद्यार्थीको शैक्षिक विकासमा खर्च नगरी जिल्ला बाहिर पोखरा भ्रमणमा गई आर्थिक अनियमितता गरिएको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

महालेखाको प्रतिवेदनमा उल्लेख भएअनुसार विद्यालयका प्रधानाध्यापक, शिक्षक, कर्मचारी, जनप्रतिनिधि, सामुदायिक वन समितिका अध्यक्ष, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र सदस्य, अभिभावक र समाजसेवी भनिनेहरू सहित ३८ जनाले मिति २०८२ असार ३ देखि ७ गते सम्म भ्रमण गरेका थिए । भ्रमणको समयमा भन्दा अन्य समयको विल भरपाई भ्रमणमा समावेश गरेपछि महालेखाले ६ वटा होटेलको नाम सहित उल्लेख गर्दै भ्रमणको मिति र बिलको मिति फरक देखिएपछि महालेखाले खर्च प्रक्रियामाथि प्रश्न उठाउँदै १ लाख २६ हजार ७ सय ५० रुपैयाँ रकमलाई अनियमितता गरेको ठहर छ ।

यसरी विद्यार्थीको शैक्षिक गुणस्तर विकासका लागि आएको रकम दुरुपयोग हुनु दुखद भएको स्थानीयले बताउने गरेका छन् ।

थप विवरण यहाँ हेर्नुहोला ।

भ्रमण मिति २०८२ असार ३ देखि ७ गते सम्म भएपनि होटलेका विल भने असार ८ देखि २२ गते सम्मका पेश गरिएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५