नेल्टा दैलेखको अध्यक्षमा बिसी

दैलेख: नेल्टा दैलेखको अध्यक्षमा डबल बिसी चयन भएका छन् । नेल्टा जिल्ला शाखा दैलेखको तेस्रो वार्षिक साधारण सभाबाट बिसी सहित १४ सदस्य  जिल्ला कार्यसमिति बनाइएको छ ।

नेपाल अङ्ग्रेजी शिक्षक सङ्गठन जिल्ला शाखा दैलेखका निवर्तमान अध्यक्ष डिल्लीराम आचार्य अध्यक्षता तथा नेल्टाका कर्णाली प्रदेश अध्यक्ष धनिराम शर्माको प्रमुख अातित्यतामा बसेको बैठकले दैलेख कार्यसमितिमा बिसी सहित १४ सदस्य समिति सर्बसहमत चयन गरेका नवनिर्वाचित सचिव डिल्ली लम्सालले बताए ।

उनले बताए अनुसार नयाँ कार्यसमितिको अध्यक्षमा डबल बिसी, उपाध्यक्षमा धर्मराज खड्का, सचिवमा डिल्ली लम्साल, सह सचिवमा हिक्मत खनाल, कोषाध्यक्षमा मनु कुमारी पौडेल,सदस्यहरूमा सविन खड्का, बखत बुढा, हरिप्रिया न्यौपाने, हिक्मत बुढा, जिवना कुमारी जैसी,अमर बिक, पदम खड्का, दुर्गा कुमारी पौडेल, जमुना दाहाल लगायतका अन्य सदस्य रहेका छन् । अध्यक्षमा निर्वाचित भरसकेपछि शपथ ग्रहण सँगै अङ्ग्रेजी भाषा र  शिक्षकको नेतृत्व र व्यक्तित्व विकासमा आफू लागिपर्ने नव निर्वाचित अध्यक्षले बताए ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५