आधाभन्दा धेरै सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या १०० भन्दा कम

काठमाण्डाैः देशका १३ हजार ७३६ सामुदायिक विद्यालयमा १०० जनाभन्दा कम विद्यार्थी रहेको पाइएको छ ।

शिक्षा तथा खेलकुद मन्त्रालयले सार्वजनिक गरेको ’शैक्षिक सूचना २०८२’ अनुसार यो सङ्ख्या कुल सामुदायिक विद्यालयको ५० दशमलव ८६ प्रतिशत हो । यसको अर्थ आधाभन्दा धेरै सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या १०० भन्दा तल रहेको छ ।

अहिले देशभर ३५ हजार ९५१ विद्यालय रहेकामा २५ हजार ६२३ सामुदायिक र ८ हजार ९४१ संस्थागत अर्थात् निजी विद्यालय छन् । सबै विद्यालयमा गरेर कुल ७० लाख ४० हजारभन्दा धेरै विद्यार्थी अध्ययनरत छन् ।

विद्यार्थी सङ्ख्या कम भएका विद्यालयलाई एकीकरण गर्न सरकारले विद्यालय समायोजन अभियान जारी राखेको छ । अहिलेसम्म ६६२ सामुदायिक विद्यालय ‘मर्ज’ भइसकेका छन् ।

चालू आर्थिक वर्षमा समायोजनका लागि ४५ करोड रुपैयाँ प्रोत्साहन रकम विनियोजन गरिएको छ भने आउँदो वर्ष सामुदायिक विद्यालयको पूर्वाधार निर्माणका लागि १ अर्ब रुपैयाँ छुट्याइएको छ ।

शिक्षा मन्त्रालयका प्रवक्ता महेन्द्र पराजुलीका अनुसार विद्यालय व्यवस्थापन संविधानतः पालिकाको जिम्मेवारी भएकाले त्यहाँबाट समायोजनको विवरण माग गरिएको छ ।

प्रधानाध्यापक सङ्घका अध्यक्ष सुदाम गौतमले राष्ट्रिय नीति बनाएर शिक्षाको रूपान्तरणमा लाग्नुपर्ने र विद्यालयको स्पष्ट मापदण्ड तोक्नुपर्ने सुझाव दिएका छन् ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५