रोकिएन अभियन्ताको आँसु 

सुर्खेत: सुर्खेतको होटेल शुभमा कर्णाली र लुम्बिनी प्रदेशमा बाल विवाह विरुद्धको अभियानमा कार्यरत २२ जना व्यक्तिहरूलाई ३ दिने सहजीकरण र सञ्चारमा क्षमता विकास तालिम हिजो देखी सञ्चालनमा रहेको छ ।

एक्पात लग्जम्वर्गको र आवाजको संयुक्त आयोजनामा सञ्चालनमा रहेको उक्त तालिममा अंझ थप प्रभावकारी रूपमा समुदाय र बस्ती स्तरमा नै काम गर्न सहज होस भनेर नै समुदाय र समूहमा सहजीकरण सिप विकासमा विशेष जोड दिइएको पाइएको छ ।

अनौपचारिक रूपमा दीप प्रज्वलन गरेर सुरु गरेको उक्त कार्यक्रम प्रयोगात्मक रूपमा सञ्चालन गरिएको छ । युवा र किशोर किशोरीको रूपान्तरण तथा कार्यगत क्षमता विकास तालिम ५०० भन्दा बढी सञ्चालन गरिसकेका प्रशिक्षक श्री उमाशङ्कर आचार्यले जीवन महशुसीकरण सेसनमा सहभागी नै जीवनलाई महसुस गर्दै र आफ्नो आमा बुबा प्रति कृतज्ञ हुँदै रोएको र अंझ जीवनमा केही गर्छु भन्ने सङ्कल्प लिन सहज भएको बताए ।

यस्तै सहभागी लुम्बिनी प्रदेश, बर्दियाकी सहभागी श्री भूमिका परियाले मैले जीवनमा आमा सँगै धेरै कष्ट भोगेको, आफूले नै १४ वर्षमा विवाह गरेर आमाको सपना पुरा गर्न नसकेको र आमाको दुख र आफ्नो दुख सम्झेर आँखाबाट आँसु नरोकिएको बताइन् । बाल विवाहको विरुद्धको अभियानमा कटिबद्ध भएर लाग्ने र आमाको सपना दिनरात सङ्घर्ष गरेरै भए पनि पुरा गर्ने बताइन् ।

यसै गरी कर्णाली प्रदेशको दैलेख जिल्लाको सहभागी सुनिता भण्डारीले विगतका दुःख सबै स्मरण भयो । त्यो दुःख फेरी याद आयो र आगामी दिनमा सकारात्मक भएर प्रगतिको पदमा अगाडी हिँड्न सहयोग भएको बताइन् ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५