सेतो गुराँसको परियोजना समीक्षात्मक कार्यक्रम सम्पन्न

दैलेख: सेतो गुराँसको परियोजना समीक्षात्मक कार्यक्रम सम्पन्न भएको छ । आइतबार दैलेख सदरमुकाममा एक कार्यक्रमका बिच समीक्षा सम्पन्न भएको हो ।

नारायण नगरपालिकाको सहकार्य तथा युनिसेफ नेपाल र सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा ललितपुर र सेतो गुराँस दैलेख संयुक्त सहयोगमा सञ्चालित “नेपालमा प्रारम्भिक बाल शिक्षा र विकास कार्यक्रम सबलीकरणका लागि प्रारम्भिक सिकाइ तथा विकास मापदण्ड कार्यान्वयन परियोजना”अन्तर्गत समीक्षात्मक कार्यक्रम गंगाराम रोकायको अध्यक्षतामा सम्पन्न भएको सेतो गुराँस दैलेखले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला समन्वय समिति दैलेखका प्रमुख नवराज शाहीले नारायण नगरपालिकामा मात्र सीमित नभई सेतो गुराँसले दैलेखका ११ वटै स्थानीय तहलाई कार्यक्षेत्र बनाउन सुझाव दिएका छन् । समीक्षा कार्यक्रम हाल सञ्चालित कार्यक्रमका उपलब्धि, समस्या, चुनौती, सिकाइ र आगामी योजनाबारे प्रस्तुतीकरण गरिएको थियो ।

प्रारम्भिक उमेरका बालबालिकाको सर्वाङ्गीण विकासका लागि उनीहरूको उमेर अनुसारको सेवा सुनिश्चितता गर्ने, सबै बालबालिकाहरूलाई स्वास्थ्य, पोषण, संरक्षण, सुरक्षा, उत्प्रेरणा, मनोरञ्जन, शिक्षा, खानेपानी तथा सरसफाइ सम्बन्धी एकीकृत रूपमा सेवा प्रदान तथा प्रवाहमा परिवार, समुदायको सहभागिता, संलग्नता र जिम्मेवारी अभिवृद्धि गर्नका साथै बाल विकास कार्यक्रम सहितको नीतिगत व्यवस्था जस्ता महत्त्वपूर्ण क्षेत्रमा स्थानीय सरकारद्वारा कार्यविधि मस्यौदा तयार भएको कार्यक्रमका विशेष अतिथि तथा नारायण नगरपालिकाका प्रमुख लोमन शर्माले बताए ।

उक्त कार्यक्रम जिल्ला स्थित सरकारी तथा गैरसरकारी संस्था महासङ्घ अध्यक्ष, एभरेस्ट क्लब, सोसेक नेपाल, महिला सशक्तीकरण मञ्च नेपाल, पंचकोशी युवा ज्वाला प्रतिष्ठान नेपाल पत्रकार महासङ्घ, अन्य पत्रकार र बाल विकास संयोजक र सेतो गुराँस दैलेखका पदाधिकारीहरूको समेत उपस्थिति थियो ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५