नियम विपरीत कर्मचारी भर्ना,४४ लाख भन्दा बढी रकम अनियमितता

दैलेख: भगवतिमाई गाउँपालिकाले मापदण्ड विपरीत कर्मचारी भर्ना गरेको पाइएको छ । पालिकाले १० जना कर्मचारी नियम विपरीत भर्ना गरेको पाइएको हो।

स्थानीय सरकार सञ्चालन ऐन,२०७४ को दफा ८३ को ८ अनुसार नगर प्रहरी, सवारी चालक, सयस, बगैचे, पलम्बर लगायतका पद तथा सेवा बाहेकमा करार कर्मचारी नियुक्ति गर्न नपाइने नियमको विपरीत  चौथो तह देखि अधिकृतसम्मका १० जना कर्मचारी राखी ४४ लाख ८० हजार ७४ रुपैयाँ अनियमित भएको ठहर महालेखाको प्रतिवेदनले गरेको छ ।

ऎनको व्यवस्था विपरीत करारमा कर्मचारी नियुक्ति गरी भुक्तानी दिएको प्रति महालेखाले प्रश्न उठाउँदै  अनियमित भएको ठहर गरेको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५