आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत

बैठकमा उपस्थित सदस्य
काठमाडौँ, २६ जेठः नयाँ बानेश्वरस्थित स‌ङ्घीय संसद भवनमा सोमबार बसेको राष्ट्रियसभा बैठकमा उपस्थित सदस्यहरू । तस्बिरः प्रदीपराज वन्त÷रासस

काठमाडौंः ‘आर्थिक विधेयक २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभाबाट स्वीकृत भएको छ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रियसभाको बुधबारको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए।

उक्त प्रस्ताव बहुमतले स्वीकृत भएको हो। ती विधेयकमाथि सुझाव दिन चाहाने राष्ट्रियसभाका सदस्यहरूले विधेयक शाखामा सुझाव पेस गर्न सकिने जनाइएको छ।

आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रतिनिधिसभाबाट पारित भइसकेका छन्।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५