दैलेख: रामपुर सभ्य समाज टोल विकास संस्था नारायण नगरपालिका वडा ६ रामपुरले वृक्षारोपण गरेको छ । आइतबार संस्थाका अध्यक्ष महेन्द्र बहादुर चन्दको अध्यक्षतामा वृक्षारोपण कार्यक्रम गरेको हो ।
नारायण नगरपालिकाका प्रमुख लोमन शर्माको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा नगर उपप्रमुख तप्तकुमारी थापा, नारायण वहुमुखी क्याम्पस दैलेखका क्याम्पस प्रमुख नरबहादुर शाही, वडा नम्बर ६ का वडा अध्यक्ष पत्रकार महासङ्घ दैलेखका अध्यक्ष तथा टोल विकास संस्थाका करिब ३० जनाको सहभागितामा रामपुर आसपासका क्षेत्रमा वृक्षारोपण गरिएको संस्थाका अध्यक्ष चन्दले जानकारी दिए ।
उनको जानकारी अनुसार श्रमदान, बिरुवा, मल, पशुपंक्षिले नष्ट नगरुन् भनेर बनाइएको गोलाकार बार सहित गरी करिब ४५ हजारको लागतमा वृक्षारोपण गरिएको छ । बिरुवाहरूमा गुलमोहर, धुपीसल्ला, शीतल चिनी, टिमुर लगायतका बिरुवाहरू रोपिएको छ ।

डिभिजन वन कार्यालयको सहयोगमा वृक्षारोपण गरिएको औपचारिक कार्यक्रममा बोल्दै नगर प्रमुख शर्माले खालि ठाउँमा बोट बिरुवा लगाउनुपर्ने बताए । उनले बोट बिरुवा लगाएर मात्रै नहुने भएकोले लगाएका बोट बिरुवाको संरक्षण गर्न महत्त्वपूर्ण भएकोले यसतर्फ सबै जना लाग्नुपर्ने बताए । टोल विकास संस्थाका अध्यक्ष चन्दले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिँदै बोट बिरुवा मर्न नदिने प्रतिबद्धता जाएर गरे ।




खुल्ला प्रेस । ३ श्रावण २०८३, आईतवार ०९:५८