गर्भवतीलाई झण्डा र अण्डा बितरण

दैलेख: दुल्लु नगरपालिकाले गर्भवती महिलाहरूलाई  हात हातमा झण्डा र अण्डा वितरण गरेको छ ।

नगरपालिका भित्रका गर्भवती महिलाहरूलाई पोषणमा सहयोग पु¥याउन दुल्लु नगरपालिकाले महिलाहरूको घरमा झण्डा र हातमा अण्डा भन्ने मनसायले उनीहरूलाई झण्डा र अण्डा वितरण गरेको हो ।

बिहीबार दुल्लु नगरपालिका वडा नं.४,६,७,८ का ३५ जना आमाहरूलाई बहु क्षेत्रीय पोषणमा सुधार गर्न र उनिहरुलाई यस प्रति चेतना जगाउनको लागि ४५० का दरले अण्डा वितरण गरिएको दुल्लु नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष लाल बहादुर रावतले जानकारी दिए । उनले भने यस्ता महिलाहरूको घर पहिचान र पोषणमा सुधार गर्नको लागि झण्डा र अण्डा वितरण गरिएको हो । नगरपालिकाको आर्थिक सहयोग नगरपालिका भित्रका गर्भवती महिलाहरूलाई पोषणमा सुधार गर्ने कार्यक्रम अनुसार यो कार्यक्रम गरिएको दुल्लु नगरपालिकाले जनाएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५