विद्यार्थीलाई आयुर्वेद तथा योग शिक्षा

दैलेख ः माध्यमिक शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूलाई आयुर्वेद सम्बन्धी ज्ञान दिइएको छ । बिहीबार नागरिक आरोग्य सेवा केन्द्र भगवतीमाई गाउँपालिका दैलेखको आयोजनामा विद्यार्थीहरूलाई आयुर्वेद तथा योग शिक्षा बारेमा जानकारी दिएको हो ।

ज्वाला माध्यमिक विद्यालयको सहजिकरणमा सम्पन्न कार्यक्रममा आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखको प्राविधिक सहयोग रहेको थियो । जिल्लामा रहेका माध्यमिक विद्यालयमा अध्ययनरत ८,९ र १० का विद्यार्थीहरूलाई आयुर्वेद तथा योग शिक्षा सम्बन्धी ज्ञान दिने उद्देश्यले करिब ५ सय जनालाई समेटिने कार्यक्रम रहेको आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखले जनाएको छ । आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखले गुराँस गाउँपालिका, डुङ्गेश्वर गाउँपालिका, नारायण नगरपालिका भित्रका विद्यालयमा यस अघि नै कार्यक्रम सम्पन्न गरेको निमित्त कार्यालय प्रमुख राम प्रसाद महत्तोले जानकारी दिए ।

आर्थिक वर्ष २०७९÷०८० को कार्यक्रम अन्तर्गत भगवतीमाई गाउँपालिकाले विद्यालय योग तथा आयुर्वेद शिक्षा स्वीकृत कार्यक्रम ज्वाला माध्यमिक विद्यालयमा सम्पन्न गरिएको नागरिक आरोग्य सेवा केन्द्र बेस्तडाका कविराज दिनेश थापाले बताए । उनले भने गाउँपालिको वार्षिक बजेट अनुसार यो कार्यक्रम गरिएको हो । विद्यालय कार्यक्रम अनुसार २ वटा विद्यालय छनोट गरिएको र बिहीबार ज्वाला माध्यमिक विद्यालयमा कार्यक्रम सम्पन्न गरेका छौँ, यही ८ गते जनता माध्यमिक विद्यालयमा अर्को कार्यक्रम राखिएको छ ।

सौर्य दैनिकलाई दिएको जानकारी अनुसार विद्यार्थीलाई आयुर्वेदको परिचय, आयुर्वेद औषधिको बारेमा जानकारी, योग शिक्षा,  स्थानीय स्तरमा पाइने जडीबुटीबारेमा जानकारी, दिनचर्या र रात्रि चर्या, ऋतु चर्या, आहार शैली  र आयुर्वेदीय जीवनशैली बारेमा शिक्षा दिइएको छ ।

यो कार्यक्रम विद्यार्थीका लागि मात्र नभई शिक्षक तथा आम नागरिकको लागि पनि उपयुक्त रहेको भन्दै विद्यालयका प्रधानाध्यापक देवेन्द्र अधिकारीले कार्यक्रमका लागि आफ्नो विद्यालय छनोट गरेकोमा धन्यवाद दिए । यस कार्यक्रमबाट करिब ३ सय विद्यार्थी लाभान्वित हुने अपेक्षा गरिएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५