विकास निर्माणलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

दैलेख ः जिल्लामा हुने विकास निर्माणका कामलाई प्रभावकारी बनाउनुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन ।
सोमबार सुन्दर नेपाल संस्था दैलेख र नेपाल पत्रकार महासंघ दैलेखको आयोजना तथा नारायण नगरपालिकाको समन्वयमा भएको ‘सरोकारवालाहरुको सहभागितामा साझा सभा’ कार्यक्रममा नारायण नगरपालीका दलेखका नगरप्रमुख रत्न बहादुर खड्काले विकास निर्माणलाई प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रमका सहभागीहरुले जनप्रतिनिधी, कर्मचारी र नागरिक समाजका प्रतिनिधीहरुले सहभागितामूलक विकास सिद्धान्त अनुसार योजना तर्जुमा कार्यान्वयन देखि अनुगमनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।
योजनाको छनोट, कार्यान्वयन, मर्मतसम्भार लगायतका हरेक चरणमा जनसहभागिता बढाउनुपर्नेमा सहभागीहरुको जोड थियो । कार्यक्रममा जनप्रतिनिधी, बिभीन्न विषयगत शाखाका प्रमुखहरु, पत्रकार लगाएतको सहभागीता रहेको थियो । उक्त कार्यक्रममा ९३ वटा विभिन्न मापदण्डका सुचकहरु प्रस्तुत गर्दै सुचकहरुमा केन्द्रित भएर छलफल गरिएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५