दैलेखमा हुने प्रादेशिक महोत्सवको मुख्य आकर्षक ‘जलपरी’

दैलेख: दैलेखमा बैशाख ७ गतेदेखि १९ गतेसम्म प्रादेशिक महोत्सव आयोजना हुने दैलेख उधोग वाणिज्य संघले बिहिवार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । महोत्सवको मुख्य आकर्षण जलपरिलाइ लिएको छ । ‘कृषि, उद्यम, पर्यटन र व्यापार, समृद्ध दैलेखको आधार’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको महात्वसवबाट कर्णाली प्रदेशको पहाडी जिल्ला दैलेखका स्थानीय उत्पादन र त्यहाँको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिइएको छ ।

दैलेखमा पत्रकार सम्मेलन कार्यक्रममा महोत्सवमा कर्णाली प्रदेशको दैलेख जिल्लामा स्थानीय उत्पादन, पर्यटकीय क्षेत्र तथा सांस्कृतिक सम्पदाको प्रवर्द्धन गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ । दैलेख उद्योग वाणिज्य संघ दैलेखका पूर्व अध्यक्ष यम बहादुर मल्लका अनुसार महोत्सवमा कर्णालीको पहिचान झल्कने १८० वटा स्टल रहनेछन्, जसमध्ये ३० वटा स्टल स्थानीय उत्पादनका लागि छुट्याइएका छन् ।

दैलेख उधोग बाणिज्य संघ दैलेखका अध्यक्ष नरेन्द्र थापाले भने “दैलेखको सम्पदा, संस्कृति, परम्परा, पर्यटन, इतिहासका विषयमा समेत महोत्सवमा जानकारी दिइने बताए । कृषि, जलविद्युत, पर्यटनका हिसावले महत्वपूर्ण जिल्लाका रुपमा रहेको दैलेखको विकासका लागि सरोकारवाला र सञ्चारकर्मीको महत्वपूर्ण सबैको साहयोग आवश्यक हुने बिश्वास लिएको छु ।”

साथै उनले बाह्य लगानी भित्र्याउन महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै थापाले जिल्लाका उद्योगी व्यवसायीको मात्रै लगानीले विकास सम्भव नहुने बताए । महोत्सवमा दैलेखका ११ वटै पालिकाको कला,सस्कृतीहरु प्रर्दशन गरीनेछ । दैलेखका स्थानिय तहका प्रमुख,उपप्रमुखहरु सँग अन्तरक्रिया कार्यक्रम समेत गर्ने अध्यक्ष थापाले पत्रकार सम्मेलनमा जानकारी दिए ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५