अव्यवस्थित तारले हराउँदै बजारको सौन्दर्य

दैलेख: उल्लेखित तस्बिर हो, दैलेख बजारको गणेकचौक नजिक बिद्युत प्राधिकरण र विभिन्न इन्टरनेट प्रदायक कम्पनीले तानिएका तार । दैलेख सदरमुकाममा मापदण्ड विपरीत यत्र तत्र तारहरू तानिएका छन् । जसले दैलेख बजारको सौन्दर्थता समेत कुरूप बन्दै गएको छ । त्यसैमा एकै ठाउँमा दुई भन्दा बढी पोलहरू हुँदा सदरमुकामको बजार क्षेत्रमा जोखिम समेत बढेको छ ।

केही समय अगाडि नारायण नगरपालिकाले बजार क्षेत्रमा भएका अव्यवस्थित तार र काम नलाग्ने पोलहरू हटाउने अभियान चलाएको थियो । अभियानमा टेलिकमका केही तारहरू हटाए पनि बजारमा बिद्युत प्राधिकरण र इन्टरनेट प्रदायक कम्पनीका तार र पोलले बजार क्षेत्रमा जोखिम बढी रहेको स्थानीयले बताउने गरेका छन् ।

बजारको मुख्य ठाउँ गणेश, चौक पिपल चौतारा, एन.एन.वि चौक, देवकोटा चौक लगायतका क्षेत्रमा बढी तारहरू देखिएका छन् । दैलेख बजार क्षेत्रमा साँघुरो सडकमा डवल गाडिएका पोलहरूले झनै जोखिम बढी रहेको र सडक दुर्घटना समेत हुने गरेको हिमराज अधिकारीले बताएका छन् । उनले भने अनुसार बजार भित्री सडक साँघुरो भएकै कारण ठुला सवारी साधन दिउसोको समयमा प्रतिबन्ध तथा एक तर्फीmबाटोको नियम बनाए पनि पटक पटक बनाइएका नियमहरू बालुवामा पानी सोसरह भएका छन् ।

दैलेख बजार क्षेत्रमा बर्षनी बिद्युत प्राधिकरण तथा इन्टरनेटका तारहरू तपिँदै गएपनि थपिएका तारहरू अव्यवस्थित रुपमा झुण्डाईएका छन्, तारहरू व्यवस्थित रुपमा जडान गर्न स्थानीय निकाय तथा सरोकारवालाले समेत ध्यान नदिएपछि गत वर्ष बिद्युत प्राधिकरणले पुराना पोल हटाउने र नयाँ पोलहरू गाड्ने योजना अनुसार बजार क्षेत्रमा पोल थपेको छ । नयाँ पोल थप्ने पुराना पोलहरू नहटाउँदा बजार क्षेत्रभरि पोल मात्रै देखिन थालेका छन् ।

यता नारायण नगरपालिकाले भने दैलेख बजारलाई व्यवस्थित बनाउन लागेको बताउँदै आएको छ । सार्वजनिक कार्यक्रममा समेत नगरपालिका भित्रको सडक तथा अव्यवस्थित तारहरूको बारेमा कुरा उठ्दा नगरप्रमुख लोमन शर्मा, बजार क्षेत्रलाई व्यवस्थित गरेर लैजाने योजनाका साथ नगरपालिकाले काम गरिएको बताउँदै आएका छन् । तर अहिले सम्म बजार क्षेत्र व्यवस्थित बन्न सकेको छैन ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५