हाेजियारी सम्बन्धी एक महिने तालिम सम्पन्न 

दैलेख: जिल्लाको भैरवी गाउँपालिकामा एक महिने होजियारी सम्बन्धी सीप विकास तालिम सम्पन्न भएको छ ।

सामाजिक विकास मन्त्रालय मानव संसाधन विकास केन्द्र वीरेन्द्रनगर सुर्खेतको आयोजना तथा भैरवी गाउँपालिका दैलेख समन्वयमा ३० दिने मेसिन होजियारी सम्बन्धी सीप विकास तालिम आइतबार सम्पन्न भएको हो ।

भैरवी गाउँपालिकाका वडा नं. ४, ५, ६ र ७ बाट मेसिन होजियारी सम्बन्धी सीप विकास तालिमका २० जनाको सहभागिता भएका थिए ।  सामाजिक विकास मन्त्रालय मानव संसाधन विकास केन्द्र वीरेन्द्रनगर सुर्खेतका शाखा अधिकृत तथा सिप विकास तालिम प्रमुख पूर्ण प्रसाद उपाध्यायको अध्यक्षता भएको तालिम समापन कार्यक्रममा सामाजिक विकास मन्त्रालय मानव संसाधन विकास केन्द्र वीरेन्द्रनगर सुर्खेतका लेखा शाखा अधिकृत ओम प्रसाद चालिसे, कम्प्युटर प्रशिक्षक रमेशराज गिरी र भैरवी गाउँपालिका ६ नं. वडा अध्यक्ष डिल्लीराम पुरी तालिम प्रशिक्षक किशोर अधिकारी लगाएको उपस्थिति रहेको थियो ।

तालिमको समापन गर्दै शाखा अधिकृत पूर्ण प्रसाद उपाध्यायले बेरोजगार युवायुवतीहरूलाई रोजगारीको अवसर सृजना गर्दै आय स्रोतमा वृद्धि हुने र उक्त तालिममा सहभागीहरूको माग अनुसार सहभागीहरूलाई स्तर उन्नति (लेबल अप) को तालिम समेत तत्कालै दिने प्रक्रियामा लागी पर्ने बताएका छन् ।

भैरवी गाउँपालिका ६ नं. वडा अध्यक्ष डिल्लीराम पुरीले तालिममा सिकेका कुराहरूलाई व्यवहारमा लागु गर्दै आर्थिक उन्नतिको कामना समेत गरे मेसिन होजियारी सम्बन्धी सीप विकास तालिमबाट हुने फाइदाहरूको बारेमा प्रस्ट पार्दै ३० दिन सम्मको मेसिन होजियारी सम्बन्धी सीप विकास तालिममा सहभागीहरूले मफलर, स्कुल डे«सको स्विटर, हाइनेक स्विटर लगायतका अन्य उनबाट बन्ने लुगा बनाउन सिकेको प्रशिक्षक किशोर अधिकारीले जानकारी दिएका छन् ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५