माओवादीले मन्त्रीहरूको कामको मूल्याङ्कन गर्न संयन्त्र बनाउने

काठमाडौँ : नेकपा माओवादी केन्द्रले सरकार सञ्चालनमा सहयोग गर्न पार्टीभित्र संयन्त्र बनाउने निर्णय गरेको छ।

स्थायी कमिटीको आज बसेको बैठकले सरकारमा पार्टीबाट गएका मन्त्रीको काममा सहयोग गर्न र उनीहरूको कामको मूल्याङ्कन गर्न संयन्त्र बनाउने निर्णय गरेको सदस्य गणेश शाहले जानकारी दिए।

‘सरकारमा गएकाहरूले पार्टी नीति अनुसार काम गरेका छन् छैनन् भनेर मूल्याङ्कन समेत गर्ने गरी पार्टी भित्र नै एउटा संयन्त्र बनाउने निर्णय भएको छ,’शाहले उकेरासँग भने,‘नाम चाही के रहन्छ अहिले टुङ्गो छैन।’

उनका अनुसार बैठकमा पार्टीको राष्ट्रिय सम्मेलनको तयारीबारे छलफल भएको छ। बैठक भोलि बिहान ८ बजे फेरि बस्ने शाहले जानकारी दिए।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५