‘दलित उज्यालो कार्यक्रम’ धरौटी खातामा रकम भुक्तानीले विद्युत मिटर वितरणमा ढिलाइ

दैलेख:भगवतिमा गाउँपालिकामा दलित उज्यालो कार्यक्रमको मिटर वितरण ढिलाइ भएको पाइएको छ । गाउँपालिकाका दलित समुदायबाट आएको गुनासोलाई लिएर विद्युत कार्यालयमा पुग्दा बिद्युतको मिटर वितरणमा केही ढिलाइ भएको पाइएको हो ।

मिटर वितरणमा ढिलाइ भएपछि भगवतिमाईका नागरिकले दिएको निवेदनको खोजी भएका बेला नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दैलेखले मिटर वितरणमा केही ढिला भएको स्विकार गरेको छ । बुधवार नागरिकका गुनासा लिएर पत्रकारहरू कार्यालयमा पुग्दा यसबारेमा भएको ढिलाइबारेमा जानकारी गराइएको छ । समयमै मिटर दिन किन सक्नु भएन भन्ने प्रश्नको जवाफमा कार्यालय प्रमुख इन्जिनियर टंकराज गिरीले यस कार्यक्रम अन्तरगतको पालिकाले  गत वर्ष असारको अन्तिममा भुक्तानी गर्नुपर्ने रकम कार्यालयको काउन्टरमा नभई धरौटी खातामा भुक्तानी गरेपछि केही प्रक्रियागत रूपमा मिटर वितरणमा ढिलाइ भएको बताए ।

दैलेख वितरण केन्द्रका प्रमुख इ.टंकराज गिरी

पालिकाको गोसवरा भौचरमा आर्थिक वर्ष २० ८१/ ०८२ को असार ३ गते खातामा रकम जम्मा भएको देखिन्छ । भगवतिमा गाउँपालिकाका ७ वटै वडाबाट आएका निवेदन सङ्कलन गरी पालिकाले ४ सय ५८ वटा मिटरको लागि १४ लाख ९ हजार ५ सय  ७६ रुपैयाँ रकम एकमुष्ट विद्युत कार्यालयको धरौटी खातामा हालेको भए पालिकाबाट आवश्यक कागजपत्र ढिला आएको र कागजपत्र आएको समयमा देशभर नै मिटरको सटेज भएकोले मिटर वितरण हुन नसकेको गिरीको भनाइ छ । पनि अहिले वडा नम्बर १ र २ का नागरिकले मिटर पाएका छन् भने अरूले मिटर पाएका छैनन् । यस पटक श्रावण महिनामा खाता सञ्चालन नभएको र धरौटी खाताको रकम काउन्टरमा जम्मा हुन ढिला भएकोले मिटर दिन सकिएको थिएन ।

गाउँमा विद्युत बिस्तार भएपनी मिटर नपाएका कारण कति दलित समुदायको घरमा विजुलीबत्ती बलेको छैन । मिटर दिन समस्या किन भयो भन्ने विषयमा कुरा राख्दा अहिले मिटर कार्यालयमा उपलब्ध नभएको भन्दा पनि पालिकाले रकम धरौटी खातामा हाल्दा केन्द्रीय कार्यालयसँग अनुमति लिनुपर्ने विविध कारणले मिटर दिन नसकिएको स्वीकार गरे ।

उनले  यस भन्दा पहिले १००वटा मिटर पालिकामा पठाएको र अव एक दुई दिनमा सम्मपुर्ण कागज पुगेकालाई १००वटा मिटर पालिकाम पठाउने र तिनी मिटर जडान पछि अरू २५८ मिटर पठाउने योजना रहेको जानकारी दिए । उनले दिएको जानकारी अनुसार कतिपयको सबै कागजात नपुगेकोले पालिकामा कागजपत्रको लागि अनुरोध गरिएको छ । भगवतिमाई भन्दा अन्य पालिकाकाले मिटर पाइसकेको र भगवतीको केही प्राविधिक कारणले रोकिएको बिद्युत कार्यालयले जनाएको छ ।

दलित सञ्जालका अध्यक्ष विमल वि.कले मिटरको लागि आवेदन दिएको लामो समयसम्म विद्युत कार्यालयले मिटर नदिएको आरोप लगाए । उनले भने पालिकामा जाँदा सबै प्रक्रिया पुर्‍याएर बिद्युत कार्यालयमा कागजपत्र बुझाएको भन्ने र बिद्युतले मिटर नपठाउँदा नागरिकहरू आक्रोशित भएर आफूलाई यस विषयमा कुरा राखिदिन अनुरोध गर्ने गरेको उनको भनाइ छ ।

भगवतिमाई गाउँपालिका वडा नम्बर २ का ३४ जनाले भने मिटर पाइसकेको वडा अध्यक्ष दीपक रावतले जानकारी दिए । निरन्तरको प्रयासले आफ्नो वडामा मिटर जडान भएको उनको भनाइ छ ।

भगवतिमाई गाउँपालिकामा सामुदायिक विद्युतिकरणबाट विद्युत विस्तार भएको थियो । पछि बिद्युत प्राधिकरणलाई हस्तान्तरण गरेपछि विद्युत विस्तारमा समस्या देखिएको छ । हाल दैलेख जिल्ला बिद्युतिकरणका लागि प्रदेश कार्यालयले ठेक्का लगाइसकेकोले थप विद्युत विस्तारमा हुने अपेक्षा नागरिकले गरेका छन् । विद्युत विस्तार अधुरो भएकाले  छिट्टै विद्युत विस्तार हुन्छ मनसायले भगवतिमाई गाउँपालिका वडा नम्बर ४ का लछिराम उपाध्यायले घरमा मिटर लिए,मिटर लिएको २ वर्ष भयो उनले बिजुली बालेका छैनन् तर मिटर लिएपछि न्यूनतम विद्युत महसुल तिरिरहेका छन् ।

भगवतिमाई गाउँपालिकाले दलित उज्यालो कार्यक्रमका लागि निःशुल्क मिटर दिने गरी कार्यक्रम बनाएको थियो त्यही अनुसार पालिकाले विद्युत कार्यालयलाई दिनुपर्ने मिटरको रकम आर्थिक वर्ष २०८१/०८२को असारमा दाखिला गरिसकेको गाउँपालिकाले जनाएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५