एमाले प्रवेश गरेका थापालाई समाजवादीबाट निष्कासित

दैलेख: नेकपा एकीकृत समाजवादीले कर्णाली प्रदेश कमिटी सदस्य दानबहादुर थापालाई पार्टीबाट निष्कासन गरेको छ ।

शुक्रवार एमाले प्रवेश गरेका थापालाई समाजवादीले पार्टीबाट निष्कासन गरेको जनाएको हो ।

उनी भगवतीमाई गाउँपालिका इन्चार्ज एवं भगवतीमाई गाउँपालिकाका अध्यक्ष समेत हुन् ।

नेकपा एसले जारी गरेको विज्ञप्ति अनुसार उनलाई चैत ६ गते नै पार्टीबाट निष्कासन गरिएको हो ।

आज एक विज्ञप्ति जारी गर्दै नेकपा एस कर्णाली प्रदेश कार्यालय सचिव वसन्त कुमार विश्वकर्माले जारी गरेको विज्ञप्ति एसका कर्णाली प्रदेश अध्यक्ष अम्मरबहादुर थापाले फेसबुकमार्फत शेयर गरेका छन् ।

यस्तो छ बिज्ञप्ति

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५