कर्णाली नदीमा ट्याक्टर खसेर बेपत्ता भएको छ । दैलेख गुराँस गाउँपालिका वडा नम्बर २ अन्तर्गत भलायाको मोडस्थित कर्णाली राजमार्गमा ट्याक्टर कर्णालीमा खसेको हो ।
प्रदेश प्रहरी कार्यालयका अनुसार बुधबार बिहान ८ः३० बजे क.प्र.०२००१ त.०१४७ नम्बरको उक्त ट्याक्टर नदीमा खसेको हो । प्रहरीका अनुसार ट्याक्टर सुर्खेतबाट दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका जाँदै थियो ।
ट्याक्टर मोडबाट २०० मिटर तल कर्णाली नदीमा खस्न गई नदीमा बेपत्ता भएको हो । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । हाम फालेर फरार भएका ट्याक्टर चालक हामको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

हाम्राे जानकारी
तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५



खुल्ला प्रेस । ६ पुष २०७९, बुधबार २०:१५