दुल्लुका सबै घरको ‘बीमा’ गरिने

दैलेख: दुल्लु नगरपालिकाले दुल्लुका सबै घरको बीमा गर्ने भएको छ । कर्णाली प्रदेश सरकारअन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सञ्चालन गरेको घर बीमा कार्यक्रम अन्तर्गत नेको इन्स्योरेन्स लिमिटेडमार्फत बिमा प्रक्रिया अगाडि बढाइएको हो।

प्राकृतिक विपत्तिबाट हुने सम्भावित क्षति न्यूनीकरण गर्ने उद्देश्यसहित सञ्चालन गरिएको यस कार्यक्रमले आगलागी, बाढी पहिरो, भूकम्प लगायतका प्राकृतिक जोखिमका लागि बीमा सुरक्षा प्रदान गर्नेछ। दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गर्दै प्रदेश सरकारले ७९ वटै स्थानीय तहलाई कार्यविधि तयार गरी प्राविधिक सहयोगसहितको लागि पत्राचार गरेको थियो।तीमध्ये हालसम्म २३ वटा स्थानीय तहले कार्यक्रम लागू गर्ने प्रतिबद्धता जनाएका दुल्लु नगरपालिकाले पनि उक्त कार्यक्रममा सहभागी भई सबै घरधुरीको बीमा गर्ने निर्णय गरेको हो।

मङ्गलवार नगरपालिकाको कार्यालय दुल्लुमा आयोजित घर बीमा सम्बन्धी छलफल कार्यक्रममा प्रदेश सरकारको बजेटको प्रभावकारी उपयोग गर्दै बीमा कार्यक्रमलाई सफल बनाउन सबै पक्षको सहकार्य आवश्यक विषयमा छलफल गरिएको छ ।

छलफलका क्रममा नेको इन्स्योरेन्स कर्णाली प्रदेश प्रमुख रमेश राज शर्माले बीमाको महत्त्व, जोखिम वहन प्रक्रिया, क्षति भएमा कसरी दाबी गर्ने र बीमा गर्न आवश्यक पर्ने कागजातबारे विस्तृत जानकारी गराए।

छलफल कार्यक्रममा दुल्लु नगरपालिकाका नगर प्रमुख भरत प्रसाद रिजाल, प्रमुख प्रशासकीय अधिकृत तिलक वि.क. जनप्रतिनिधि, कर्मचारी, स्थानीय बुद्धिजीवी तथा बीमा कम्पनीका तर्फबाट नेको इन्सुरेन्स लि. कर्णाली प्रदेश प्रमुख रमेश राज शर्मा र दैलेख उप-शाखा इन्चार्ज सौरभ चन्दको उपस्थिति रहेको थियो ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५