राराको विकासमा सामूहिक सुझावः पूर्वाधार विकासमा जोड

मुगु: प्राकृतिक अनुपम उपहारको रूपमा रहेको कर्णाली प्रदेशको मुगु जिल्लामा रहेको राराको विकास गर्दा प्राकृतिक सुन्दरतामा कायमै राखेर गर्नुपर्नेमा सरोकारवालाहरुले सुझाव दिएका छन्।

शनिबार रारा राष्ट्रिय निकुन्ज कार्यालय र मध्यवर्ती क्षेत्रको व्यवस्थापन योजना पुनर्निर्माण कार्यक्रमका लागि आयोजित सुझाव संकलन कार्यक्रममा उपस्थित सरोकारवालाले यस्तो सुझाव दिएका हुन्।

कार्यक्रममा अघिल्लो पन्चवर्षिय योजनाले हासिल गरेका उपलब्धि र सम्पन्न हुन नसकेका योजना बारे रारा राष्ट्रिय निकुन्जका प्रमुख संरक्षण अधिकृत राजु घिमिरेले प्रष्ट पारे। उनले विगतको पन्चवर्षिय योजनाले १४ करोड खर्चको लक्ष लिएर पर्यटन, पर्यावरण, मध्यवर्ती क्षेत्र व्यवस्थापन, जैविक विविधता संरक्षण र सस्थागत समन्वय, सहकार्य समझदारी सम्बन्धी विकास निर्माण र क्षमता विकासका कार्यक्रम समेटेको भएपनी संघिय सरकार तथा तालकदार मन्त्रालयबाट ५ करोडसम्म मात्र बजेट निकासा खर्च हुदा सबै योजना लक्षय पूरा नभएको बताए।

पछिल्लो समय रारामा मानव अतिक्रमणमा पर्दै आएको र मान्छेहरुले आफ्नो स्वार्थका लागि आवश्यकता भन्दा फाइदा लिने उदेश्यले योजना बनाइ रारा क्षेत्रमा विकास निर्माण भैरहेको र त्यहाँ प्रयोग हुने ढुङा, गिट्टि, बालुवा, काठ रारा ताल जंगल भित्रबाट उत्खनन् गर्ने गरिएकाले जैविक विविधता र प्राकृतिक स्रोत मासिदै गएकोले त्यसको संरक्षणमा जोड दिनु पर्ने, रारा पुग्न प्रयोग हुँदै आएका सडकहरु नाग्म– रारा, झुगेला–माझचौर रारा र दोमुख–गमगढी– रारा सडकहरुलाई सुरक्षित, सडक मापडण्डका बनाउनु पर्ने, अव्यवस्थित चरिचरनलाइ व्यवस्थित गर्नुपर्ने जस्ता योजना अब बन्ने पन्चवर्षिय योजनामा समेटन र बजेट सुनिस्चता गर्न नेपाल पत्रकार महासंघ मुगु शाखाका अध्यक्ष नृपेन्द्रबहादुर मल्लले सुझाव दिएका छन्।

रारामा रहेका धार्मिक स्थलहरुको जिणोदार, प्राकृतिक गुफा, थुम्काहरुको खोजी गरि ती ठाउहरुलाइ पर्यटकिय पइन्ट तोकि रारा आएका पर्यटकहरुलाइ घुम्नयोग्य बनाएर पर्यटकहरुको रारा बसाइ लम्बाउने योजना बनाउन नेपाल नेपाल पत्रकार महासंघ मुगुका संस्थापक बिनोदकुमार मल्लले बताए।
कार्यक्रममा सुझाव दिनुहुदै प्रमुख जिल्लाअधिकारी टोपेन्द्र केसिले पर्यटकहरुलाइ मुगुमा बसौ बसौ लाग्ने बनाउन रारा सहित मुर्माटप, छायानाथ, थार्पमष्टा, चंखेली, दुधताल, सातताल लगायत पर्यटकिय र धार्मिक क्षेत्रहरुको विकासमा जोड दिनुपर्ने धारणा राखे।

वडा न १ का वडा अध्यक्ष पदमराज मल्ल, वडा न ३ का वडा अध्यक्ष नन्दबहादुर रावल र वडा न ८ का वडा अध्यक्ष कर्णबहादुर रावलले व्यवस्थित चरिचरन, अतिक्रमीत मध्यवर्ती र निकुन्जको जमिनहरु सल्लेरि, बुलबुले, लामाचौरको बस्ती बसाइ व्यवस्थापन, पर्यटकलाई रारा प्रवेश गर्दा पलाष्टिक जन्य वस्तु लिन नदिन कडाइ चेकजाँचको व्यवस्था योजनामा समेट्नुपर्ने सुझाव दिएका थिए ।

रारा तालमा पर्यटकले चाहेको बेला डुङ्गा चढ्न पाउने गरि प्रयाप्त मात्रामा डुङ्गा राखिनु पर्ने, , कल्चरल संग्राहालय, अर्गानिक पसल खोल्न र मध्यवर्तीका जनतालाइ अर्गानिक खेतिमा प्रोत्साहन गरि आय आर्जनमा जोड्ने खालका योजना बनाउनुपर्ने, राराक्षेत्र हाल जुन अवस्थामा छ त्यही अवस्थामा रहन दिई राराको प्राकृतिक सुन्दरता नविगारी जस्ताको तस्तै हाम्रा भावीपुस्ताले पनि हेर्न पाउने गरि जोगाइ राख्नु पर्ने मुगु जिल्ला अदालतका जिल्ला न्यायाधीस यज्ञप्रसाद आचार्यले धारणा व्यक्त गरेका थिए।

रारा आउने पर्यटकहरुको सहयोगका लागि हेल्प डेस्क खोल्नु पर्ने, पर्यावरणलाई असर नपर्ने गरि रारा क्षेत्रमा विकास निर्माणका काम गर्नु पर्ने, खत्याड गाउपालेकाको मसानेदेखि रारा हुँदै सल्केरी र लामाचौरसम्म गृनरोड कन्सेप्ट अनुसार सडक बनाउनुपर्ने, यो गृनरोड आपत विपतमा प्रगोग गर्नु पर्ने र रारा क्षेत्रमा रहेका होटेल व्यवसायीले खाना, बस्नमा तोक्ने मूल्य समायोजन गर्नुपर्ने वन डिभिजन कार्यालय मुगुका प्रमुख अमरबहादुर साहले सुझाव दिएका छन्।

रारा मध्यवर्ती क्षेत्र विकास समितिका अध्यक्ष विष्णु कुमार रावलले राराको पर्यावरणलाई क्षेती नपुग्ने गरि प्राकृतिक सौन्दर्यता कायम राख्दै रारा क्षेत्रमा विकास संरचना बनाउन आफुहरु कटिबद्ध रहेको र राराको विकासका लागि स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकार विच समन्वय, सहकार्य र समझदारीमा बजेट छुटाउन पर्ने सुझाव दिए। उनले भने मध्यवर्तीका जनतालाई जिविकोपार्जन गरि आय आर्जनमा जोडनु पर्ने र जनावर मानिस विचको द्वन्द्व घटाउने उपाय अवलम्बन गरिनुपर्छ।

विगत वर्षहरुमा रारामा आफुहरुले धेरै विकास गर्न खोनेपानी तत्कालिन निकुन्जको नेतृत्वका कारण छुटाएको बजेट पनि खर्च गर्न नसकेको छायानाथ रारा नगरपालिकाका नगरप्रमुख विस्नु कुमार भामले दुखेसो व्यक्त गरे। रारामा आउने पर्यटकहरुका सवारी साधनहरु सुरक्षित राख्न नगरपालिकाले पार्किङ्ग कार्यविधि बनाएको र सोही अनुसार पार्किङ्ग संरचनाहरु बनाइ तोकेको पार्किङ्ग सुल्क लिने र उठेको शुल्क मध्य ७० प्रतिशत निकुन्ज क्षेत्रको विकासमा र ३० प्रतिशत मध्यवर्तीका जनताको क्षमता विकास गर्न र प्रशासनिक खर्च हुने पनि नगरप्रमुख भामले बताए।

जिल्ला समन्वय समितिका प्रमुख एवं कार्यक्रमका प्रमुख अतिथी मन्जन बहादुर कार्कीले रारामा हुने विकास निकुन्ज, वातावरण, पर्यावरण, रारामैत्री हुनु पर्नेमा जोड दिएका छन्।

उनले भने, ‘प्राकृतिले निःशुल्क दिएका बरदान कुनै बेला आधुनिक मानव कृयाकलापले लोप हुँदै जानेछन रारालाइ हामिले यसको प्राकृतिक सुन्दरता बचाइ राखिदिने हो भने भावी पुस्ता प्रकृतिको बरदान हेर्न रारामा घुइचो लाग्नेछन भने जस्ता को तस्तै रारा बचाइ दिई आफूहरुलाई प्राकृतिक रारा हेर्ने अवसर दिएकोमा भावी सन्ततीले हामीलाई धन्यवाद दिनेछन् त्यसैले रारामा आवश्यकिय विकास पनि गर्नुपर्छ तर यसको सुन्दरतामा आँच नआउने गरेर सरोकारवालाहरुबाट आएका सुझावलाई अब बन्ने योजनामा समेटी सोही अनुसारका योजना, कार्यक्रम लागु गरिनेछ। नयाँ बन्ने रारा राष्ट्रिय निकुन्ज र मध्यवर्ती क्षेत्रको व्यवस्थापन योजनाको अवधी ५ वर्षको हुनेछ। अब तिनै तहका सरकारहरुले रारामा लगानी गर्दा यही योजनाभित्र रहेर गर्नुपर्नेछ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५