जाजरकाेटः अमेरीकामा रहेकी युवा समाजसेवी जयन्ती थापाले आफनो जन्म दिनको अवसरमा जाजरकोटका चार सहाराविहिन वालवालिकाहरुलाइ पढाइ सहयोगका लागि शैक्षिक सामाग्रीहरु दिएकी छिन् ।
जिल्लाको छेडागाड नगरपालिका वडा नम्वर १३ चैतेटाकुराका चार सहाराविहिन दलित वालवालिकाहरुको पढाइ सहयोगका लागि जयन्तीले विद्यालय पोषाक, कापी कलम, किताव र न्यानो कपडा दिएकी हुन् ।
गत चार वर्ष देखि आफनो निजि खर्चमा ती सहाराविहिन वालवालिकाहरुको पढाइमा सहयोग गरिरहेकी जयन्तीले यस वर्षको लागि पनि वुधवार परेको आफनो जन्म दिनका अवसरमा नेपाल पत्रकार महासंघ जाजरकोटका पुर्व अध्यक्ष तथा जयचन्द्र मिडिया ग्रुप प्रालि जाजरकोटका सन्चालक जनक केसी मार्फत नारायणी मावि कार्कीगाउँको कक्षा १२ मा अध्ययनरत प्रतिभा विक, सोहि विद्यालयको ८ कक्षामा अध्ययनरत जय विक, ७ कक्षामा अध्ययनरत पुष्पा विक र कालिका आधारभुत विद्यालयको कक्षा ५ मा अध्ययनरत सन्तोष विकलाइ उक्त पढाइ सहयोग सामाग्रीहरु दिएकी हुन् ।
जयन्तीको सहयोगमा प्राप्त उक्त सहयोग सामाग्रीहरु वुधवार नारायणी मावि कार्कीगाउँमा आयोजित एक कार्यक्रमका विच नेपाल पत्रकार महासंघ जाजरकोटका पुर्व अध्यक्ष केसी र सोहि विद्यालयका प्रधानाध्यापक गणेशकुमार वस्नेतले संयुक्त रुपमा ती वालवालिकाहरुलाइ हस्तान्रण गरे ।
विद्यालयका शिक्षक कर्मचारी र अन्य विद्यार्थीहरुको सहभागितामा केक काटेर जयन्तीलाइ जन्म दिनको शुभकामना दिदै सहारा विहिन वालवालिकाहरुलाइ उक्त सामाग्रीहरु वितरण गरिएको जयचन्द्र मिडिया ग्रुप प्रालि जाजरकोटका सन्चालक तथा नेपाल पत्रकार महासंघ जाजरकोटका पुर्व अध्यक्ष जनक केसीले वताए ।
उनले जयन्तीको सहयोगमा उपलव्ध भएको विद्यालय पोषाक, पोषाक संग मिल्ने जुत्ता, ज्याकेटहरु, कापी, कलम, किताव लगाएतका अन्य शैक्षिक सामाग्रीहरु वुवा आमा दुवै नभएका चार वालवालिकाहरु प्रतिभा, जय, पुष्पा र सन्तोषलाइ वितरण गरिएको केसीले वताए । जनक केसीले लेखेको समाचार पढेर गत चार वर्ष देखि समाजसेवी जयन्तीले ती वालवालिकाको पढाइका लागि वर्षेनी सहयोग गर्दै आएकी छिन् ।
पढाइ सहयोगका लागि सामाग्री हस्तान्तरण कार्यक्रमा वोल्दै नारायाणी मावि कार्कीगाउँका प्रधानाध्यापक गणेशकुमार वस्नेतले सहाराविहिन वालवालिकाको पढाइ सहयोगका लागि जयन्तीको सहयोग निकै मुल्यवान र महत्वपुर्ण रहेको वताए । निस्वार्थ मनले विपन्न र सहाराविहिनहरुलाइ सहयोग गर्ने जयन्ती उच्च प्रशंसाको पात्र भएको वताए ।
यस्तै, प्राज्ञिक विद्यार्थी परिषद जाजरकोटका नेता रोशन भारतीले जयन्तीले जिल्लाका सहाराविहिन दलित वालवालिकालाइ पढाइका लागि सहयोग गरेर ठुलो पुण्य कमाएको वताए । यस्तै पत्रकार भुपेन्द्र विकले अमेरीकामा वसेर पनि दुर्गमका सहाराविहिन वालवालिकाहरुलाइ सहयोग गर्ने जयन्तीको मन सानो नभएको वताए ।
दैलेखमा जन्मिएर सुर्खेतमा हुर्किएकी थापा पस्चिम रुकुममा विवाहित भएपछि केहि वर्ष देखि अमेरीकामा वस्दै आएकी छन् । युवा समाजसेवी जयन्तीले जाजरकोटका चार वालवालिका लगाएत सुर्खेत, दैलेख र रुकुमका दुइ दर्जन सहारा विहिन तथा विपन्न वालवालिकाहरुलाइ व्यक्तिगत खर्चमा पढाइरहेकी छिन् ।
यस्तै विभिन्न विपत्ति र प्रकोपमा परेका महिला, जेष्ठ नागरिक तथा अन्यहरुलाइ पनि जयन्तीले वेला वेलामा आफुले सकेको साथ र सहयोग दिइरहेकी छिन् । नेपाली माटो र नेपाली मनको लागि केहि न केहि गरिरहन मन लाग्ने भएकोले आफु विदेशमा भएपनि देशवासीको सहयोगका लागि काम गर्ने गरेको जयन्ती वताउछिन् । जहाँ भएपनि नेपाली पन र नेपाली मन नमेटिने गरेको भन्दै जयन्तीले आफु वाचुन्जेल नेपाल र नेपालीको सेवामा लागि रहने वताइन् ।
खुल्ला प्रेस । १५ मंसिर २०७८, बुधबार २१:४७