जनगणनामा समेटिए राउटे

दाङ – फिरन्ते जीवन बिताउँदै आएका लोपोन्मुख राउटे समुदायको जनसंख्या घटेको छ । राष्ट्रिय जनगणना ०७८ को प्रारम्भिक जनगणनामा उनीहरूको जनसंख्या घटेको देखाएको छ । राउटे बस्तीमा पुगेर गणना गर्ने गणकहरूका अनुसार राउटेको जनसंख्या १ सय ४५ रहेको छ । अघिल्लो गणनामा १ सय ५० उल्लेख भएको थियो ।

नेपालको ०६८ को जनगणना अनुसार नेपालमा राउटेको संख्या ६ सय १८  रहे पनि ६ सय ५० जना राउटे रहेको हुनसक्ने अनुमान गरिएको तथ्यांक छ । मध्य तथा पश्चिम नेपालमा फिरन्ते जीवन बिताउने राउटेको संख्या एक सय ५० उल्लेख गरिएको छ ।

०६८ को जनगणना र ०७८को प्रारम्भिक जनगणनालाई तुलना गर्दा पाँच जना राउटेको संख्या घटेको देखिन्छ । प्रारम्भिक जनगणना अनुसार पुरुष ६९ जना र महिला ७६ जना रहेका छन् । १ सय ४५ जनसंख्या र ४८ घरधुरी रहेको स्थानीय जनगणना अधिकारी धर्मराज ढकालले जानकारी दिए ।

उनका अनुसार गणक टोलिला राउटे बस्तीमा दुई दिन लगाएर जनगणना गरेको थियो । पछिल्लो चरणमा मृत्युदर बढेको भन्दै विभिन्न ठाउँमा फिरन्ते जीवन बिताउँदै आएका राउटे अहिले सल्यानको बनगाड कुपिण्डे नगरपालिका(३ कारागाउँ नजिक बस्दै आइरहेका छन् ।

स्थायी बसोबास, आधुनिक उपचार पद्धति, शिक्षा, कृषि तथा पशुपालनदेखि टाढा रहेको राउटे समुदाय कर्णाली प्रदेश र आसपासका जङ्गलमा फिरन्ते जीवन बिताउने नेपालकै अति लोपोन्मुख जातिमा पर्छ । यो समुदाय दुई महिना अघि मात्रै सल्यानको पश्चिम बनगाड कुपिन्डे नगरपालिका- ११ वालुवा संग्रही बाँगीरहहुँदै भेरी किनारदेखि एक सातामै सोही नगरको वडा नम्बर १ घाटगाउँमा बसाइँ सरेको थियो ।

एक सातायता राउटे पुनः नगरको वडा १ नाम्रा हुँदै अहिले वडा नम्बर ३ को काँरागाउँमा बसाई सरेका छन् । सोही क्षेत्रमा बसाइ सरेका राउटेको पनि गणना भएको छ । सरकारले भत्ता उपलब्ध गराउँदै आएसँगै उनीहरूको जीवन शैली फेरिएको छ भने समुदायसँग पनि केही नजिक देखिएका छन् । राउटेको संख्यामा बालबालिकाहरू बढी रहेको उनले बताए ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५