काठमाडौंः संसदको अवरोध खुलाउनका लागि एमालेले राखेका अडानमा कांग्रेस लचक भएपछि दुई पार्टीबीचको वार्ता सकारात्मक भएको नेताहरले बताएका छन् । थप रणनीति बनाउन एमालेका नेताहरु अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा छलफलका लागि जुटेका छन् ।
वार्तामा सहभागी एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सदनमा एमालेको सहभागिताका सन्दर्भमा आफूहरुले उठाएका मागप्रति प्रधानमन्त्री सकारात्मक बने पनि निष्कर्षमा नपुगिएको बताए । उनले आफूहरु थप छलफलका लागि अध्यक्ष ओलीको निवासमा आइपुगेको बताए ।
कांग्रेस र एमालेबीच शुक्रबार विहान पुनः छलफल हुँदैछ ।

हाम्राे जानकारी
तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५



खुल्ला प्रेस । १२ फाल्गुन २०७८, बिहीबार २२:०७