दैलेख प्रहरीमा असार महिनामा१६ वटा मुद्धा दर्ता

दैलेखः दैलेख प्रहरीले असार महिनाभर १६ वटा विभिन्न प्रकृतिका अपराधका मुद्दा दर्ता भएका छन्।एक महिनाको अवधिमा मात्रै १६ मुद्दा दर्ता भएको जानकारी दैलेख प्रहरीले दिएको छ ।

जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको असार महिनाको मासिक प्रगति विवरण अनुसार जघन्य अपराधका २, गम्भीर अपराधको १र सामान्य अपराधका ३ मुद्दा दर्ता भएका छन्।

यस अवधिमा कर्तव्य ज्यानका ८, भवितव्य ज्यानका ३, सवारी भवितव्यका २ र विष सेवनका २ गरी १६ वटा मुद्दा दर्ता भएका जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक पुष्पराज रोकायले जानकारी दिए ।

फरार रहेका ८ प्रतिवादी पक्राउ परेका छन् भने फैसला कार्यान्वयनबाट ६ लाख १२ हजार रुपैयाँ जरिवाना असुलीका साथै १२ वर्ष ११ महिना ८ दिन कैद सजाय कार्यान्वयन गरिएको उनले जानकारी दिएका छन् ।

प्रहरीको प्रतिवेदन अनुसार ११ वटा पालिकाबाट घरेलुहिंसा सम्बन्धी १७ र सामाजिक हिंसा सम्बन्धी २४ गरी ४१ वटा उजुरी परेकोमा ३८ वटा उजुरीको मिलापत्र गराइएको छ ।१ महिनाको अनधिमा ५ जनाले आत्महत्या गरेका छन् भने ७ जनाले आत्महत्याको प्रयास गरेका छन् ।

असार महिनामा जिल्लामा ५ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा ४ जनाको मृत्यु, ४ जना घाइते र ७ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी श्रवणकुमार बिकले बताए । साँघुरा तथा जीर्ण सडक, तीव्र गति र ओभरटेकका कारण अधिकांश दुर्घटना हुने गरेको विश्लेषण गरिएको छ। यस अवधिमा ट्राफिक कारबाहीबाट ४ लाख ४४ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ।

विपद्का ५ वटा घटनामा १ जनाको मृत्यु र १ जना घाइते भएका छन्। आगलागी, अविरल वर्षा र चट्याडका घटनाबाट करिब ८ लाख २० हजार रुपैयाँ बराबरको क्षति भएको डीएसपी बिकले जानकारी दिए।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५