बिकास भनेको सडकमा धुलो उडाउन मात्र होइनः मन्त्री शाह

दैलेखः कर्णाली प्रदेशका भुमि ब्यावस्था कृषि तथा सहकारी मन्त्री बिनोद शाहाले विकास भनेको सडकमा धुलो उडाउनु मात्रै नभएको बताएका छन् । शुक्रबार दैलेख सदरमुकामा दैलेख जिल्लाको आठौँ जिल्ला सभा तथा समृद्ध दैलेख गुरुयोजना पुस्तक बिमोचनः कार्यक्रमको उद्घाटनमा गर्दै मन्त्री शाहाले जिल्लाको विकास, समृद्धि र सुशासनमा जोड दिनुपर्ने बताएका हुन ।

उनले सुशासन, विकास र समृद्धिको राष्ट्रिय अभिभारा पूरा गर्न सबै तहका जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी र दलका नेतृत्व समेतको पहल आवश्यक हुने बताए। साथै उनले बिकास सडकमा धुलो उडाउन मात्रै नभएर मानव सम्पदाको बिकास सँगै कृर्षिमा हामिले जोड दियौ भने मात्र  आर्थीक वृद्धिदर बढ्ने देखिन्छ। सरकार भनेको सरकारले ल्याएका अनेक कार्यक्रमहरु,बिकास योजनाहरु, निती, नियमहरु जति राम्रा भएता पनि त्येसको कार्यन्वयनमा ध्यान दिनु पर्नेमा जोड दिन आवश्यक भएको बताए । सरकार सफल हुन कर्मचारी तन्त्र अन्त्य हुनु पर्दछ अनि मात्र सरकारको सफल्ता स्थानिय सरकारको कर्म, क्रियाकलाप माथि निर्भर हुने उनको भनाइ थियो ।

“दैलेखको गौरब दैलेखको सान-सम्पूर्ण जिल्ला बासीको मुहारमा मुस्कान” भन्ने मुल नारा सहित जिल्ला समन्वय समिति दैलेखको आयोजनामा शुक्रबारबाट जिल्ला सभा सुरु भएको छ । जिल्ला समन्वयको सभा हलमा आठौं जिल्ला सभा कार्यक्रम कार्यक्रमको प्रमुख अतिथी कर्णाली प्रदेशका भुमि ब्यावस्था कृषि तथा सहकारी मन्त्री बिनोद शाहाले उद्घाटन गरे । साथै समृद्ध दैलेख गुरुयोजना पुस्तक पनि बिमोचन भएको छ ।

कार्यक्रमका बिशेस अतिथी कर्णाली प्रदेश सरकारका पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य कृष्ण कुमार विसीले पनि जिल्लाको विकासमा सबै तहका जनप्रतिनिधिहरू सहकार्य र समन्वय अनिवार्य हुने बताए । साथै विकास योजनाका बारेमा छलफल गर्ने र विगतका कामको समीक्षा गरी कमजोरी सच्याउँदै अघि बढ्ने अवसरका रूपमा जिल्ला सभा कार्यक्रम भएको उनको भनाइ छ ।

कार्यक्रममा बोल्दै दुल्लु नगरपालिकाका नगर प्रमुख भरत रिजालले जिल्लाको विकासमा सबै तहको जनप्रतिनिधि बिच साझा पहल र समन्वय आवश्यक हुने बताए । आफ्नो तर्फबाट समग्र जिल्लाको विकासका लागि सक्दो पहल गर्ने जिल्ला सभा समक्ष प्रतिवद्धतासमेत जनाए । जिल्लाका स्थानीय तहका केही पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, राजनितीक दलका प्रमुख तथा प्रतिनिधि, जिल्लास्थित सरकारी कार्यालयका प्रमुख, नागरीक समाज, गैसस महाँसघ, पत्रकार, संघ सस्था लगायतको सहभागिता रहेको थियो।

नेपाली काङ्गेसका जिल्ला सभापति मणिराम रेग्मीले जिल्लाको समृद्धिका लागि जिल्लास्तरबाटै भूमिका निर्वाह गर्नुपर्ने र जिल्लाबाट साझा प्रयासले नै सिङ्गो समृद्ध हुने धारणा राखे । जनताबाट निर्वाचित जनप्रतिनीधी जो कोहीले पनि महत्वपूर्ण कार्यक्रममा अनिवार्य सहभागिहुनु बताए । यता कार्यक्रमका अध्यक्ष तथा जिल्ला समन्वय समिति प्रमुख नवराज शाहीले  कार्यक्रममार्फत जिल्लामा हुने विकास तथा योजनाका विषय र गत आ.व.मा भएका कामको बृहत समीक्षा हुनु पर्ने तर पालिका प्रमुख, उप प्रमुखहरु महत्वपुर्ण कार्यक्रममा उपस्थिति नहुँदा दूःख लागेको बताए । शाहीका अनुसार गणपुरक सख्या नपुगेको र कार्यक्रम भोलि शनिबार बिहाँन ८ बजे बन्दशत्र भई सम्पन्न हुने बताए ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५